Author: Dipak Dhamala

काठमाडौं – सरकारले आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न निर्णय गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेकाे हाे । मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको बैठकमा सहभागी एक मन्त्रीले बताउनु भयाे । मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । एक मन्त्रीले भने, ‘आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी…

Read More

प्युठान । प्यूठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले घुमन्ते व्यापारीलाई अर्को सूचना नआएसम्मका लागि गाउँ प्रवेशमा रोक पनि लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ, ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरुलाई गौमुखी…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । विद्युत खपत बढाउन विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौंमा गरेको कार्यक्रममा राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराउनुभयो । गरिब जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पुर्‍याउनुपर्ने उहाँको भनाई थियो । राज्यमन्त्री सिंहले विद्युतीय चुल्हो ग्याँसभन्दा सस्तो हुने भएकाले जनतालाई सो कुरा बुझाउन घरघरमा अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो । उहाँले खाना पकाउने ग्याँसका लागि मुलुकको ठूलो धनराशी देश बाहिर गएको भन्दै यसलाई रोक्न…

Read More

सुर्खेत – कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता दिनु भएकाे हाे । कर्णाली प्रदेशसभा सचिवालयका अनुसार ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् । माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्नु भएकाे छ । त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्नु भएकाे छ…

Read More

धनगढी: बाजुरामा हिमपात र वर्षाले भूकम्प पीडितको बिचल्ली भएको छ। हिजो दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परेर बाजुरामा एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। यस्तै, बझाङमा पनि केही घाइते भएका छन्। भूकम्पका कारण बाजुराका धेरै घरहरु चर्किएका र केही भत्किएका छन्। फेरि भूकम्प आउने डरले पीडितहरुले खेतबारी र चौरमा पाल टाँगेर रात बिताएका छन्। केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन्। भूकम्प प्रभावित क्षेत्रमा अस्ति रातिदेखि लगातारजसो पानी परिरहेको छ। यस्तै, हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको छ। हिमपात र वर्षाका…

Read More

काठमाडौं – प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना प्रकाशित गरेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको हो । अटेर गरी कसैले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा कानुन अनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी पनि प्रहरीले दिएको छ । प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’ असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय…

Read More

काठमाडौं – काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको छ । ब्यावसायिक जीवनमा असफलता भोगेको भन्दै मंगलबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए । प्रहरीले तत्कालै आगो निभाएर उनलाई अस्पताल पुर्‍याए पनि उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । अस्पतालले ज्यादै गम्भीर अवस्थामा अस्पताल ल्याइएकाले बचाउन नसकेको बताएको छ । ३७ वर्षीय आचार्यले आत्मदाह गर्नुअघि लामो वक्तब्य फेसबुकमा पोस्ट गर्दै ब्यावसायिक जीवनमा सबैतिरबाट असहयोग भएको र आफू लुटिएको बताएका थिए । उनले आफूलाई ठगी…

Read More

काठमाडौं – बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो । कार्यदलले बुधबार मुख्यमन्त्री जम्मकट्टेललाई ११ वटा मन्त्रालय बनाउने रायसहितको प्रतिवेदन पेश गर्ने छ । त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ । बुधबार दिउँसो बाँकी ८ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिनुभयो । थपलियाले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा गरी तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताउनुभयो । बागमतीमा गत…

Read More

काठमाडौँ – राप्रपा नेपालले समान विचार भएका दल तथा समूहसँग सहकार्यको लागि वार्ता कमिटी गठन गरेको छ । सोमबार र मंगलबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले वार्ताका निम्ति कमिटी गठन गरेको हो ।  उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठित कमिटीमा महामन्त्री द्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहेका छन् ।  वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति ,बिचारसँग सहमत हुने पार्टी, सङ्घसंस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रूप दिन यो कमिटीले काम गर्नेछ । निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक…

Read More

काठमाडौं – नेपाली कांग्रेस मधेश प्रदेश समितिले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा चुनावका बारेमा समीक्षा गर्ने निर्णय गरेको छ।  मंगलबार जनकपुरमा बसेको प्रदेश समितिले समीक्षामा जिल्लाबाट प्राप्त हुने सल्लाह र सुझावअनुसार प्राप्त प्रतिवेदन समायोजन गरी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको हो।  निर्वाचनमा पार्टीका विधान र निर्देशिकाविपरीत गतिविधि गरेका कार्यकर्ताको प्रमाण संकलन गरी अनुशासनको कारबाहीको लागि प्रदेश अनुशासन समितिलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए। यस्तै, मातहतको संगठनलाई प्रभावकारी बनाउन प्रादेशिक वार्षिक क्यालेण्डर तर्जुमा गरी मतहतका सांगठनिक निकायहरुलाई परिचालन गर्ने र विभिन्न राजनीकि दल परित्याग गरेर आएकालाई अनुशासन समावेश…

Read More