Author: Dipak Dhamala

काठमाण्डाै – देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा वायुमण्डलमा थुप्रिएको प्रदूषण पनि हट्न थालेको उहाँले जानकारी दिनुभयो । हावा चल्न…

Read More

काठमाडौं – नयाँ संसद्को पहिलो बैठक आज बस्दै छ । बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बस्ने छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने भएको छ । त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुनेछ भने अधिवेशन शुभारम्भ भएको अवसरमा दलीय आधारमा सांसदहरूले आफ्नो मन्तव्य राख्नेछन् । बैठक दिउँसो १ बजेका लागि डाँकिएको छ । यस्तै आजै राष्ट्रियसभाकाे बैठक पनि आह्वान भएको छ ।

Read More

मड्रिड – एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । खेलमा ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । गाभीको पासमा खेलको २२ औँ मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनको प्रहार पोस्टमा लागेको थियो । इन्जुरी समयमा एट्लेटिकोले खेल बराबरी गर्ने अवसर पाए पनि एन्टोनी ग्रिजमानको प्रहार रोनाल्ड आराउजोले गोललाइनबाट बचाएका थिए ।  खेलको अन्त्यमा स्टेफन साभिच र फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भएको थियो । जीतसँगै बार्सिलोनाले १६ खेलबाट ४१ अंक बटुलेको छ । शनिबार पराजित भएको रियले ३८…

Read More

नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ । अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्ता गर्न प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन जारी गरेको छ। प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । उनी माओवादी केन्द्र, एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । आफूलाई समर्थन गरेका सबै सांसदबाट विश्वासको मत पाउने विश्वासमा दाहाल छन् ।तर सत्ता गठबन्धनबाहिर रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सक्ने स्रोतले बताएको छ । यसबारे कांग्रेस र नेकपा एसले कुनै निर्णय गरिसकेका छैनन् । राष्ट्रपति र सभामुख पाउने सर्तमा यी दुई दल प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्न सक्ने स्रोतको दावी छ । तर राष्ट्रपति र सभामुख…

Read More

अछाम – अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालय अछामले निर्देशन दिएको छ।आईतवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय अछामले प्रचलित कानून र मापदण्ड विपरीत दर्ता नगरी तथा नवीकरण नगरी सञ्चालन गरेका अबैध क्रसर बन्द गर्न निर्देशन दिएको छ। प्रशासनले अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर हाल उक्त प्रयोजन र आयोजना समाप्ति पश्चात पनि सञ्चालनमै रहेका क्रसर उद्योगहरु तत्काल बन्द गर्न समेत निर्देशन दिएको छ। यस्तै कानून र मापदण्ड बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई सम्बन्धित कागजातहरु जिल्ला प्रशासन कार्यालयमा…

Read More

काठमाडौं – प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिनु भएको समय आइतबार साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको थियो । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवैले दाबी गर्दै आएका छन् । ९३ सदस्यीय प्रदेश…

Read More

काठमाण्डाै – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको विदुर नगरपालिका–१० शुभघाट पुगेको छ । गएको बिहीवार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाण्डौसम्म पैदल जाने क्रममा धादिङको भर्‍याङ भुरुङ हुँदै नुवाकोट पुगेको हो । ‘एकीकरण टर्च’ र्‍याली आज शुभघाटबाट केउरिनी चौतारो हुँदै नुवाकोटको साततले दरबार पुग्नेछ । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएर देशको शासन सञ्चालन चलाएको साततले दरबार परिसरमा आयोजित विशेष स्वागत कार्यक्रम पछि ‘एकीकरण टर्च र्‍याली’ काठमाण्डौतर्फ आउने छ । आउँदो २७ गते सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।

Read More

काठमाडौं – काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आइतबारबाट प्लेअफका खेल सुरु हुँदैछ । प्लेअफको पहिलो क्वालिफायरमा आइतबार लुम्बिनी अलस्टार र जनकपुर रोयल्सबीच खेल हुँदैछ । खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह १२ः३० बाट सुरु हुनेछ । लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा रहेर तथा जनकपुर दोस्रो स्थानमा रहेर क्वालिफायरमा पुगेका हुन् ।पहिलो क्वालिफायर विजेता सिधैं फाइनल पुग्ने छ भने पराजित टिमले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ । विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच एलिमिनेटर खेल हुनेछ । लिग चरणमा यी दुई टिमबीच भएको पहिलो खेलमा लुम्बिनी ५ रनले विजयी भएको थियो भने दोस्रो खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गरेको…

Read More

गुल्मी – गुल्मीगुल्मीको रेसुङ्गा नगरपालिकास्थित रेसुङ्गा विमानस्थलमा आज जहाजले परीक्षण उडान गर्ने भएको छ। तारा एयरलाइन्सको जहाजले आइतबार परीक्षण उडान गर्न लागेको हो। रेसुङ्गा नगरपालिकाले विमानस्थलमा आज परीक्षण उडान हुने भएकोले सार्वजनिक बिदा दिएको छ। प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाको सेवा प्रवाह बन्द रहने बताएका छन्। नगरपालिकाको सेवा प्रवाह बन्द रहने बताएका छन्। सूचना:

Read More