काठमाण्डाै – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ नुवाकोटको विदुर नगरपालिका–१० शुभघाट पुगेको छ । गएको बिहीवार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाण्डौसम्म पैदल जाने क्रममा धादिङको भर्याङ भुरुङ हुँदै नुवाकोट पुगेको हो ।
‘एकीकरण टर्च’ र्याली आज शुभघाटबाट केउरिनी चौतारो हुँदै नुवाकोटको साततले दरबार पुग्नेछ । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएर देशको शासन सञ्चालन चलाएको साततले दरबार परिसरमा आयोजित विशेष स्वागत कार्यक्रम पछि ‘एकीकरण टर्च र्याली’ काठमाण्डौतर्फ आउने छ ।
आउँदो २७ गते सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।
Facebook Comments Box