Author: Dipak Dhamala

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा भाेलि डेमोस्ट्रेसन अर्थात् प्रदर्शन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एअरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भइसकेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिनुभएको छ । उहाँका अनुसार भाेलि बिहान ११ बजे प्रदर्शन उडान हुनेछ । काठमाण्डौबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । तारा एअरले सुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्नेछ । प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एअरलाइन्सका प्रवक्ता…

Read More

काठमाण्डाै – अछाम जिल्लाका दश वटै स्थानिय तहसँग माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गर्न, अनेरास्ववियू (क्रान्तिकारी) अछामले गम्भिर ध्यानाकर्षण गराएको छ। क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह, बलिदान, त्याग र समर्पणको प्राय हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी)नेपालको दलाल संसदीय व्यवस्थाबाट निर्देशित वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनसँगै वैज्ञानिक समाजवादी शिक्षा स्थापनाका खातिर र आम नेपाली विद्यार्थीहरुको हक, हित र अधिकारको पक्षमा र शिक्षा क्षेत्रमा देखिएका तमाम खाले विकृति, विसंगति र विभेदका विरुद्ध निरन्तर र निर्मम संघर्ष गर्दै सडक बाघको रुपमा स्थापित संगठन भएको कुरा सर्वविदितै छ । यशै सन्दर्भमा नेपालको संविधान २०७२ को भाग ३, मौलिक हक र कर्तव्य अर्न्तगतको उपधारा ३१…

Read More

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । काठमाण्डौ र विराटनगरको समान ९ खेलमा ८ अंक छ । नेटरनरेटका आधारमा काठमाण्डौ तेस्रो र विराटनगर चौथो स्थानमा छ । आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्नेछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । ९ खेलमा ६ अंक जोडेको पोखरा पाँचौँ स्थानमा छ भने समान खेलमा ४ अंक मात्रै रहेको फार वेस्ट पुछारमा छ । फार वेस्ट प्रतियोगिताबाट…

Read More

काठमाण्डाै – २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो साढे १ बजेपछि सुरु हुनेछ । सङ्कटा क्लब त्रिभुवन आर्मी र साविक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Read More

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि सबै १४ वटा क्लबले नाम दर्ता गराएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लब दर्ताको लागि हिजोसम्मको समय तोकेको थियो। हिजो मनाङ मर्स्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले नाम दर्ता गरेका छन् । यसअघि बिहीवारसम्म ११ वटा क्लब चर्च ब्वाइज, त्रिभुवन आर्मी, एपीएफ, मच्छिन्द्र, जावलाखेल, फ्रेन्ड्स, हिमालयन शेर्पा, थ्री स्टार, सङ्कटा, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले नाम दर्ता गरेका थिए । यस्तै एन्फाले दर्ता भएका सबै क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ लिएको समेत जनाएको छ । एन्फाले आसन्न लिगको तयारीका लागि…

Read More

काठमाण्डाै – चिसो र शीतलहरले तराई/मधेसको जनजीवन प्रभावित बनेको छ । विशेषगरी मध्य तथा पश्चिम तराईमा शीतलहर छ । तराईमा अझै केही दिन शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको थियो । आज पनि तराईमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ भने पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । आज काठमाण्डौमा बिहान न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसैबीच गृह मन्त्रालयले शीतलहर र हिमपात हुने क्षेत्रमा आवश्यक तयारी गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता…

Read More

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ । हिजो बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु चुनाव गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले मिति तय गरेको हो । त्रिविले स्ववियु चुनावका…

Read More

भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २२ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेहरु सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा रहेको कानपुरका बासिन्दा हुन् । लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले निकालेको पछिल्लो विवरण अनुसार अस्ति बिहीवार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी) मा ७ सय २३ जना मुटुका बिरामी आएका थिए । तीमध्ये अस्पतालमा ७ जनाको उपचारकै क्रममा ज्यान गएको थियो भने १५ जनालाई अस्पताल आइनपुग्दै मृत घोषणा गरिएको थियो । अस्पतालका डाक्टरले कानपुरमा फैलिएको शीतलहरका कारण…

Read More

काठमाण्डाै – सत्तारुढ दलहरुले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ । ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ कार्यदलले तयार पारेको मस्यौदामा लेखिएको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेताहरुले अनुमोदन गरेपछि यसबारे औपचारिक निर्णय हुनेछ । सरकारमा सहभागी हुन राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राख्दै आएको थियो ।

Read More

प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ । “आन्तरिक रूपमा गर्नुपर्ने सबै परीक्षण भइसकेको छ,” उनले भने, ’तर, जब मोबाइलमा यसको परीक्षण सुरु गरियो, मोबाइल सेट नै धेरै कम भएको पाइयो ।’ टेलिकम अहिले भने बजारमा २६…

Read More