काठमाण्डाै – अछाम जिल्लाका दश वटै स्थानिय तहसँग माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गर्न, अनेरास्ववियू (क्रान्तिकारी) अछामले गम्भिर ध्यानाकर्षण गराएको छ।
क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह, बलिदान, त्याग र समर्पणको प्राय हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी)नेपालको दलाल संसदीय व्यवस्थाबाट निर्देशित वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनसँगै वैज्ञानिक समाजवादी शिक्षा स्थापनाका खातिर र आम नेपाली विद्यार्थीहरुको हक, हित र अधिकारको पक्षमा र शिक्षा क्षेत्रमा देखिएका तमाम खाले विकृति, विसंगति र विभेदका विरुद्ध निरन्तर र निर्मम संघर्ष गर्दै सडक बाघको रुपमा स्थापित संगठन भएको कुरा सर्वविदितै छ ।
यशै सन्दर्भमा नेपालको संविधान २०७२ को भाग ३, मौलिक हक र कर्तव्य अर्न्तगतको उपधारा ३१ मा शिक्षासम्बन्धी हकको (१) नम्बर बुदामा प्रत्येक नागरिकलाइ आधारभूत शिक्षामा पहुँचको हक हुनेछ। र (२) नम्बर बुदामा प्रत्येक नागरिकलाइ राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ । भनि संविधान मा लेखिएको सर्व विधितै छ । उक्त विषयलाइ आत्मसात गर्दै यस अछाम जिल्लाका आम विद्यार्थीहरुको शैक्षक सवाललाई मध्यनजर गरि हाम्रो संगठनले गत भाद्र महिनाका विभिन्न मितिमा जिल्लाका दश वटै स्थानिय तह प्रमुखहरुसँग माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुनुपर्ने, विद्यार्थि अनुपात अनुसारको शिक्षक दरबन्दि मिलान गर्नुपर्ने र मासिक अनुगमन हुनुपर्ने मागहरु राख्दै ज्ञापन पत्र बुझाएको यहाँहरुलाई जानकारी नै छ ।
जनताको नजिकको स्थानिय सरकारले सामुदायिक विद्यालयहरुको नियमन र अनुगमन गर्नुपर्ने दायित्व हुदाहुदै विद्यालयहरुमा जन्ताका छोराछोरिहरुबाट अर्ध बार्षिक परिक्षा शुल्कका नाममा शुल्क असुलि गरिएको भनेर जिल्लाका विभिन्न ठाउबाट अभिभावक र विद्यार्थिहरुबाट व्यापक रुपमा जनगुनासो आएकाले उक्त विषयप्रति हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) को गम्भिर ध्यानाकर्षण भएको छ ।
आजको बदलिदो युगमा सामुदायिक विद्यालयहरुलाई समयानुकुल रुपान्तरण गरि आम विद्यार्थिहरुलाइ निःशुल्क र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गर्न सम्बन्धित सरोकारवाला सबैमा विनम्र अनुरोध गर्दै सामुदायिक विद्यालयले जन्ताका छोराछोरिहरुबाट अर्ध बार्षिक परिक्षा शुल्कका नाममा असुलि गरिएको शुल्क तुरुन्त विद्यार्थीहरुलाई फिर्ता गर्न अनेरास्ववियू (क्रान्तिकारी) जोडदार माग गर्दछ । उक्त मागहरुको वेवास्ता गरि गैरजिम्मेवार बनेमा हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) शैक्षिक संर्घष संचालन गर्न बाध्य हुने कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गर्दछौ ।