Author: Dipak Dhamala

काठमाण्डाै – दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर हिजो ७ दलले नामावली बुझाएका छन् । प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए । त्यसैअनुसार निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको छ…

Read More

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर न्यूनीकरणमा जोड दिँदै प्रत्येक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइन्छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले सन २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन् भन्ने रहेको छ । हिमालको देश भनेर चिनिने नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ओगटेको छ । हिमाली जडीबुटी, हिमाली जीवजन्तु लगायतको उपलब्धताका हिसाबले नेपाल विश्वमै चर्चित छ । यस्तै नेपाल पर्वतारोहण तथा पदयात्राका लागि विश्वको रोजाइमा पर्ने…

Read More

भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन हुनुभएको छ । हिजो बेलुकी बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै सुखु मुख्यमन्त्री बन्नुहुने भएको बीबीसी हिन्दीले जनाएको छ । यस्तै मुकेश अग्निहोत्री उपमुख्यमन्त्री बन्नुहुनेछ । उहाँहरुले आज पदको शपथ लिनुहुने कांग्रेस नेता राजीव शुक्लाले जानकारी दिनुभएको छ । ६८ सदस्यीय विधान सभा रहेको हिमाञ्चलमा कांग्रेसले ४०, भारतीय जनता पार्टीले २५ र स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन् । हिमाञ्चलमा कांग्रेसको बहुमतसहित एकल सरकार बन्नेछ । संसदीय दलको नेतामा चयन भएपछि सुखुले हिमाञ्चलका नागरिकसँग गरेका वाचा कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त भएको भन्दै चुनावमा गरिएका वाचा अक्षरस कार्यान्वयन गर्ने…

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हाे । यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मङ्गलवार राति पौने १ बजे हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ । गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई र आज बिहान…

Read More

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ । भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर, ल्यापटप, सेल फोनलगायत उपकरण थप अनुसन्धानका लागि रोकेको विभागले जनाएको छ । प्राधिकरणले ती सामग्री दूरसञ्चारको ट्राफिक अनुगमन र चोरी नियन्त्रणका लागि खरिद गरेर ल्याएको हो। प्राधिकरणले खरिद गरेर ल्याएका सामानमा १ सय ९ वटा सर्भर छन् ।खरिद गरिएका प्रतिसर्भरको मूल्य ७९ हजार ९ सय २० डलर भनिएको छ । एक डलरको सटही दर १ सय २८ रूपैयाँले हिसाब गर्दा एउटै सर्भरको मूल्य १ करोड २ लाख २९ हजार ७ सय ६० रूपैयाँ…

Read More

कालीकोट- कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन् ।  दुर्घटनामा परि शाहीसहित तीन जना घाइते भएकामा उनीहरुको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सवराज बमले जानकारी दिए ।  यस्तै तीन जना अझै बेपत्ता रहेका उनले बताए…

Read More

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम सामान्यतः सफा रहनेछ । राती भने  लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । तराईका केही भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै  फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो ।  खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर…

Read More

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् । त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो । अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।

Read More

काठमाण्डाै – निर्वाचन आयोगले मंसिर २६ गते (सोमवार) सम्म समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिवार आज बुझाएको नामावली जाँचबुझ गरी सोमवार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनु भयो। हालैसम्पन्न चुनावमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट सङ्ख्या प्राप्त गरेका थिए । निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको…

Read More