धनगढी: फिनल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेष परामर्श सत्र आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका-०२ रातोपुलस्थित फ्रैंकलिन एजुकेसन कन्सल्टेन्सीले आगामी शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म यो कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रममा विद्यार्थीलाई फिनल्यान्डको शिक्षा प्रणाली, त्यहाँ अध्ययनका लागि आवश्यक आर्थिक अवस्था, भिजा प्रक्रिया, आवश्यक कागजात तयार गर्ने विधि, र एकेडेमिक योग्यताबारे विस्तृत जानकारी दिइनेछ। साथै, फिनल्यान्डमा पुगेपछि पालना गर्नुपर्ने कानुनी प्रावधानसम्बन्धी जानकारी पनि प्रदान गरिनेछ।
सत्रमा फिनल्यान्डका प्रतिनिधिहरू उपस्थित भई विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिनेछन्। कन्सल्टेन्सीकी सञ्चालक दिपा रावतका अनुसार, यो सत्रले फिनल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई पूर्ण मार्गदर्शन उपलब्ध गराउने उद्देश्य राखेको छ।
फ्रैंकलिन एजुकेसन कन्सल्टेन्सीमा फिनल्यान्डसहित अन्य देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि परामर्श उपलब्ध गराइनेछ। यस किसिमको जानकारी सत्रले विद्यार्थीहरूलाई अध्ययन र करियरका लागि उपयुक्त निर्णय गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।