Author: Dipak Dhamala

धनगढी – धनगढीमा मोटरसाइकल दुर्घटनामा भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। अटोरिक्सासँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका हुन्। मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत मोहनपुरमा अटोरिक्सासँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा धनगढी ५ जाँइका मोटरसाइकल चालक मीनबहादुर बोहरा घाइते भएका हुन्। धनगढीबाट अत्तरियातर्फ गइरहेको सुपप्र ०१ ०१० प ६६२८ नम्बरको मोटरसाइकल बाटो क्रस गरिरहेको सुपप्र ०१ ००१ ह ५०९६ नम्बरको अटोरिक्सासँग ठोक्किएको हो। उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ। मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय मिटर टाढामात्रै गर्न पाइने भएको छ। मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका, २०७६ का शर्त पालना गर्न व्यवसायीले मञ्जुर गरेको व्यवहोरा सम्बन्धित वडा कार्यालयबाट तयार पारिने स्थलगत मुचुल्कासँगै सिफारिसपत्रमा स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्ने व्यवसाय दर्ता शाखाका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताए। व्यवसाय दर्ताका लागि निवेदन, मुचुल्का र सिफारिस साथ…

Read More

चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । उहाँले सीपीसीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप छ । शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामाथि सम्झौता गरेको र अरूबाट ठूलो रकम लिएको देखिएकाले कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । जिओलाई पार्टीबाट निष्कासन तथा पदबाट बर्खास्त र सार्वजनिक हैसियतमा घटुवा गरी बर्खास्त गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Read More

चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । उहाँले सीपीसीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप छ । शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामाथि सम्झौता गरेको र अरूबाट ठूलो रकम लिएको देखिएकाले कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । जिओलाई पार्टीबाट निष्कासन तथा पदबाट बर्खास्त र सार्वजनिक हैसियतमा घटुवा गरी बर्खास्त गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Read More

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका परिचय पार्टी अर्थात् साइन बोर्ड नराख्न र राखेको भएमा १५ दिनभित्र हटाउन पुनः अनुरोध गरेको छ । महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने सङ्घ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न र राखेको भएमा हटाउन आग्रह गरेको हो । व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा अटेर गरी राखेको पाइएको समेत महानगरले जनाएको छ । सूचनालाई अवज्ञा गरी सम्बन्धित…

Read More

नारायणगढ – मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो ।आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए। उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ…

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट पारे ।तोकेकै मितिमा निर्वाचन गर्नेगरी तयारी थालिरहेको जानकारी दिँदै उनले भने, ‘पहिलो बैठकपछि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेका छौं । यसका लागि सरकारको पूर्ण सहयोगको आवश्यक्ता छ ।’ उनका अनुसार बैठकले निर्वाचनको कार्यतालिका तयारीका विषयमा छलफल गर्न विद्यार्थी संघ संगठनलाई औपचारिक पत्राचार गर्ने लगायतका विषयमा निर्णय…

Read More

काठमाण्डाै – फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको टिप्पणी हुँदै आएको थियो । त्यसअघि ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए । बेन्जिमाले फ्रान्सका लागि ९७…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद बाँडफाँट शक्ति सन्तुलनका आधारमा हुने भएकाले राष्ट्रपतिमा आफ्नो पार्टीले दाबी गर्ने बताएका हुन्। शक्ति सन्तुलन र पद बाँडफाँटबारे सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच सघन रूपमा छलफलसमेत भएको थियो। आफ्नो निवास कोटेश्वरमा भएको छलफलका क्रममा अध्यक्ष नेपालले नेकपा एसले तत्कालै…

Read More

हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राती प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेका पहाडी क्षेत्र तथा तराईमा हुस्सु लाग्ने  हुँदा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध…

Read More