धनगढी: प्रहरी प्रधान कार्यालयले मंगलबार नेपाल प्रहरीका १४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा तथा काज गरिएको हो।
असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा /काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जसअनुसार सुदूरपश्चिम प्रदेशका केही जिल्ला प्रहरी कार्यालयसहित अन्य कार्यालयमा पनि नयाँ डिएसपी पठाइएका छन् भने केहीको सरुवा भएको छ। जसअनुसार डिएसपी सन्तोष पाठक जिल्ला प्रहरी कार्यालय अछामबाट सरुवा भएर नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्साल, काठमाण्डौ गएका छन्। उनको स्थानमा ईश्वरी प्रसाद भण्डारी बागमती प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध अनुसन्धान शाखा हेटौडा, मकवानपुरबाट आएका छन्।
यस्तै डिएसपी शैलेश्वरी बोहराको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान सहायता शाखा धनगढी, कैलालीबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्साल, काठमाण्डौमा सरुवा भएको छ भने उनको स्थानमा पदपूर्ति भएको देखिदैन।
यस्तै डिएसपी शिबबहादुर सिंह जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाण्डौ सरुवा भएको छ। त्यहाँ डिएसपी प्रकाश दाहाल नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट आएका छन्।
यस्तै डिएसपी विश्वराज अधिकारीको इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखा, काठमाण्डौमा सरुवा भएकोमा नविन राजा बुढाथोकी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाण्डौबाट टिकापुर पठाइएका छन्।
यस्तै उता डिएसपी युवराज भण्डारी नेपाल प्रहरी अस्पताल महाराजगंज प्रशासनबाट जिल्ला प्रहरी कार्यालय, बझाङमा आएका छन्। उनी बझाङका तत्कालीन डिएसपी भरत बहादुर शाह अनिवार्य अवकाशमा गएपछि पठाइएका हुन् भने भण्डारीको स्थानमा अहिले डिएसपी मनोहर भट्टलाई पठाइएको छ।
यस्तै डिएसपी प्रतिक विष्ट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शौखा दिपायल, डोटीबाट जिल्ला प्रहरी कार्यालय, खोटाङमा सरुवा भएर गएका छन्। यस्तै डिएसपी भिमलाल भट्टराई लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रहरी नायव महानिरीक्षकको सचिवालय तुल्सीपुर, दाङबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय, डोटी पुगेका छन्।
त्यस्तै डिएसपी दिपक बहादुर केसी जिल्ला प्रहरी कार्यालय, डोटीबाट गण्डकी प्रदेश प्रहरी कार्यालय प्रहरी नायव महानिरीक्षकको सचिवालय पोखरा, कास्कीमा सरुवा भएको छ।
यस्तै डिएसपी मकेन्द्र कुमार मिश्र जिल्ला प्रहरी कार्यालय, धादिङबाट जिल्ला प्रहरी कार्यालय, बैतडीमा आएका छन्। बैतडीका डिएसपी दिपक गिरीको सरुवा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अपराध अनुसन्धान तथा अभियोजन शाखामा भएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत डिएसपी दिपककुमार कार्कीको पनि सरुवा भएको छ। डिएसपी कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगाल प्रहरी महाशाखा वा मातहतमा सरुवा भएको हो।
कार्कीको ठाउँमा जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठ आउने भएका हुन्।
सुदूरपश्चिम प्रदेशका तराईका जिल्लासहित पहाडको डोटी जिल्ला प्रहरी कार्यालयबाहेक अन्य जिल्लामा डिएसपी नै इन्चार्ज हुने व्यवस्था छ।
र, यो पनि: ४१ एसपी र १४३ डिएसपी यताउता, को कता ? [नामसहित]