धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले अनुसन्धान जारी नै राखेको छ। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालिएको बताउँदै थप नयाँ कुराहरु पत्ता लागेको पनि जनाएको छ। हिजोमात्रै मृतक विष्टको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएकोमा केही दिनमा रिपोर्ट आउने जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रमुख, डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए। उनका अनुसार प्रहरीले थप अनुसन्धानका क्रममा मृतकको भिसेरा टेस्ट गर्ने भएको छ। जसका लागि मृतकको भिसेरा काठमाडौं पठाइएको छ। डीएसपी गिरीका अनुसार घटनास्थल आसपास कुनै सिसीटिभी र घटना रातमा भएकोले अनुसन्धानमा जटिलता उत्पन्न भएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा सुरुमा नातेदारहरु…
Author: टेकसिंह धामी
धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ। अहिले घटनाको सूक्ष्म अनुसन्धान थालिएकोमा पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रमुख, डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए। उनका अनुसार मृतक र उनका नातेदारहरुले सँगै बसेर मदिरा सेवन गरेपश्चात घटना भएको देखिएको छ।यस्तै मृतकको टाउकोमा चोट र कुममा घिस्रेको दागहरु पनि देखिएको डीएसपी गिरीले बताए। शव जिल्ला प्रहरी कार्यालयबाट ४ किलोमीटरको दुरीमा रहेको रहेको खोलामा पानीमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र उनीसँग बसेर मदिरा सेवन गरेका नातेदारत्यसपछि आ-आफ्नो बाटो लागेको खुलेको छ भने…
धनगढी: कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा फेरि सीआईबी टोली परिचालन गरिएको छ। जसका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको २ सदस्यीय टोली महेन्द्रनगरमा खटिएर काम गरिरहेको छ। स्रोतका अनुसार सीआईबी टोलीले निरन्तर निगरानी गर्दै आएको र अनुसन्धान गरिरहेको निर्मला प्रकरण थप नया क्लू फेला पारेको छ। सोही क्रममा टोली घटनास्थलमै खटिएर अनुसन्धान गरिरहेको हो। टोली खटिएकोबारे सीआईबीका प्रवक्ता तथा एसपी सुधिर राज शाहीले महेन्द्रनगरपोष्टलाई पुष्टि गरे। उनका अनुसार सीआईबीले निर्मला प्रकरणको निरन्तर अनुसन्धान जारी राखेको छ। अहिले पनि सूक्ष्म अनुसन्धान जारी रहेकोमा टोली नै खटिएर अनुसन्धान गरिदैछ। यता जिल्ला प्रहरी कार्यालयका…
धनगढी: सुदूरपश्चिमको कैलालीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालयको २४ औं स्थापना दिवस मनाइएको छ। सशस्त्र प्रहरी बल नेपालका एआईजी एवं सशस्त्र प्रहरी प्रधान कार्यालयका मानवस्रोत विभाग प्रमुख वंशीराज दाहालको प्रमुख आथित्यतामा स्थापना दिवस मनाइएको हो। विगतजस्तै २४ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको बाहिनीपती डीआईजी दीपक अधिकारीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका सशस्त्रका कमाण्डर लगायत सरोकारवाला, केही जिल्लाका सुरक्षा समितिका जिम्मेवार व्यक्तित्वहरु कार्यक्रममा सहभागी थिए। यसबीच कार्यक्रममा प्रमुख अतिथि एआईजी दाहालले सम्बोधन गर्दै सुदूरपश्चिमका सवालमा उक्त बाहिनी र मातहत गण तथा अन्य युनिटहरु राष्ट्रिय सुरक्षा कायम गर्ने सवालमा सफल भएको बताएका थिए।…
काठमाडौं: नेपाल प्रहरीमा गरिनै लागेको रिक्त छ एआईजी पदको बढुवा प्रक्रियालाई लिएर विवाद चुलिएको छ। कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएकाहरूलाई समेत बढुवाको सूचीमा पार्ने प्रयास गरिएको भन्दै आन्तरिक रूपमा असन्तुष्टि देखिएको हो। सूत्रहरूका अनुसार बढुवामा आर्थिक चलखेल भएको आशंका गरिएको छ। एक वरिष्ठ अधिकृतले भने, “पैसाले नै सबथोक हुने रहेछ। कामको कुनै मूल्यांकन छैन। पैसा बुझाएर, चाकडी गरेर बढुवा हुने भएपछि फिल्डमा खटिएर मर्ने किन?” यस्तै राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवाबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका कम्तीमा दुई अधिकारीलाई एआईजीमा समावेश गर्न खोजिएको पनि आरोप लागेको छ। यसले संगठनभित्र असन्तुष्टि बढाएको छ। एक जना भूपू आइजिपीका अनुसार प्रहरीमा बढुवा प्रक्रिया निकै विवादित…
काठमाडौं: काठमाडौं कालिमाटीस्थित पाँचतारे होटेल सोल्टीमा रहेको क्यासिनो माजोङ। जसका मालिक हुन्, विनोद श्रेष्ठ। श्रेष्ठ जसले राजधानी र राजधानी बाहिरको सहर नेपालगन्जमा क्यासिनोको आडमा अनेकन अपराध धन्दा गरिरहेका छन्। श्रेष्ठले व्यवसायी नकाबभित्र आपराधिक कुरूप धन्दा चलाइरहँदा क्यासिनो नियामक निकाय, सरकार तथा प्रहरी प्रशासन भने सेटिङ मिलाएर बिकिसकेका छन्। जसमा प्रहरीले नै मिलेमतो गरेर आर्थिक सेटिङ मिलाएको आरोप लाग्दै आएको छ भने क्यासिनोमा अवैध रुपमा नेपालीलाई प्रवेश गराउनेदेखि हुन्डी कारोबार, नक्कली भारतीय परिचयपत्र बनाउने, अवैध यौन धन्दा, ठगी लगायतका अपराध हुने गरेका छन्। तथापि नियामक निकाय भने मूकदर्शक बनेको देखिन्छ। उसो त सन् १९६८ मा नै अधिराजकुमार हिमालय विक्रम शाहले सोल्टीमा…
काठमाडौं: ३०औं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर करिब दुई वर्षे कार्यकाल पूरा गरी आज सोमबार राति १२ बजेबाट अनिवार्य अवकाश गए। विद्यमान प्रहरी नियमावली २०७१ मा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण कुँवर राति १२ बजेबाट अवकाशमा गएका हुन्। दुई वर्ष करिब ८० हजार फौजको कमान्ड गर्दै देशको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका कुँवर विवादै विवादमा जेलिए। आईजीपीको कमान्ड सम्हालेदेखि अवकाशको मुखसम्म आइपुग्दा उनी निकै विवादित बने। नक्कली भुटानी शरणार्थी प्रकरण, तत्कालीन गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण लगायतमा उनी निकै विवादमा तानिए। यस्तै प्रहरीको आन्तरिक सरुवा-बढुवामा पनि उनी विवादरहित बन्न सकेनन्। यतिसम्म कि जाने बखत पनि उनले वरिष्ठ सईहरुको…
काठमाडौं: कैलाली कारागारले देवबहादुर सिंह उर्फ दीपकबहादुर सिंहलाई काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागार सरुवा गरेको छ। कैलाली कारागारमा सेटिङ मिलाएर घर हुँदै नेपालबाट १२ वर्षअघि भारतरर्फ भागेका सिंहलाई कैलाली प्रहरीले माघ ३० मा दिल्लीबाट समातेर ल्याएको थियो। मुम्बई क्राइम ब्रान्चको सहयोगमा दिल्लीबाट कैलाली प्रहरीको टोलीले उनलाई समातेर ल्याई सार्वजनिक गरिएको थियो। पक्राउलगत्तै कैलाली प्रहरीले जिल्ला कारागार कैलाली बुझाइएका सिंहलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो। कैलाली प्रहरी प्रमुख एसएसपी पदम विष्टका अनुसार शनिबार नै सिंहलाई हवाईजहाजमार्फत काठमाडौं पठाइएको हो। सिंहलाई कैलाली कारागारमै राख्दा सुरक्षा चुनौती देखिएपछि उनलाई काठमाडौं पठाइएको हो। ०६४ फागुन २४ मा गोदावरी–७ का युवा बमबहादुर साउदको गोली हानी हत्या…
धनगढी: कैलाली प्रहरीले ‘मोस्टवान्टेड’ सूचीमा राखेका ४८ वर्षीय फरार अपराधी देवसिंह ठकुरी उर्फ दीपकबहादुर सिंहलाई पक्राउ गरेर हिजो (बुधबार) सार्वजनिक गरियो। नेपालबाट भागेर भारतमा समेत विभिन्न अपराध गरेका उनलाई त्यहाँ सजाय दिएर नेपाल ल्याइएकोमा हिजो सार्वजनिक गरिएको हो। कैलाली अदालतबाट भतिजाको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका ठकुरीलाई फरार भएको १२ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले पत्रकार सम्मेलनमार्फत उनै ठकुरीलाई सार्वजनिक गर्दै उनको अपराध कर्मको विस्तृत जानकारी दिएका थिए। स्रोतका अनुसार कैलालीकै गोदावरी नगरपालिका–११ ओलानी घर भएका ठकुरीलाई दिल्लीबाट कैलाली प्रहरीको टोलीले नियन्त्रणमा लिएर आएको हो। उसो त उनलाई पक्राउ गर्न…
धनगढी: कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बेला कैलाली कारागारबाट फरार भएका देवसिंह ठकुरीलाई प्रहरीले भारतबाट समातेर ल्याएको छ। कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो। ठकुरी १२ वर्षअघि कारागारबाट फरार भएका थिए। नेपालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका उनले भारतमा समेत लाखौं रकम चोरीको आपराधिक गतिविधिमा संलग्न भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले आज पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी दिने तयारी गरेको छ। उनी नेपालमा ज्यान मुद्दा, अपहरण, हातहतियार तथा खरखजाना लगायतका अपराधमा संलग्न थिए। कैलालीको गोदावरी नगरपालिका ११ ओलानीका ४५ वर्षीय देवसिंह ठकुरी भनिने उनै दीपक बहादुर सिंह…