धनगढी: सुदूरपश्चिमको कैलालीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालयको २४ औं स्थापना दिवस मनाइएको छ। सशस्त्र प्रहरी बल नेपालका एआईजी एवं सशस्त्र प्रहरी प्रधान कार्यालयका मानवस्रोत विभाग प्रमुख वंशीराज दाहालको प्रमुख आथित्यतामा स्थापना दिवस मनाइएको हो।
विगतजस्तै २४ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको बाहिनीपती डीआईजी दीपक अधिकारीले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका सशस्त्रका कमाण्डर लगायत सरोकारवाला, केही जिल्लाका सुरक्षा समितिका जिम्मेवार व्यक्तित्वहरु कार्यक्रममा सहभागी थिए।
यसबीच कार्यक्रममा प्रमुख अतिथि एआईजी दाहालले सम्बोधन गर्दै सुदूरपश्चिमका सवालमा उक्त बाहिनी र मातहत गण तथा अन्य युनिटहरु राष्ट्रिय सुरक्षा कायम गर्ने सवालमा सफल भएको बताएका थिए। दाहालले उत्तर, दक्षिण र पश्चिमतर्फ छिमेकी राष्ट्र भारत र चीनसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन र राजस्व सुरक्षामा उत्कृष्ट कार्यसम्पादन गरेको बताए। सीमा सुरक्षाजस्तो संवेदनशील जिम्मेवारीलाई उच्च व्यवसायिकता र समर्पणभावका साथ सम्पन्न गर्दै संगठनले राष्ट्रिय सुरक्षामा योगदान पु¥याएकोमा उनले प्रशंसा व्यक्त गरे।
कर्मचारीहरूको हित र सुधार प्रयास
यस्तै अर्को फरक सन्दर्भमा एआईजी दाहालले सशस्त्र प्रहरीका कर्मचारीहरूको हितमा स्तरवृद्धी, तलबवृद्धी लगायत विभिन्न कल्याणकारी योजनाहरू लागू गरिएको जानकारी गराए। सुदूरपश्चिम प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरू पारिवारिक एवं शैक्षिक विकासका लागि विद्यालय स्थापना गरिएकाले यो कदम प्रदेशको शैक्षिक विकासमा कोसेढुङ्गा सावित हुने उनले बताए। साथै, आवास व्यवस्थामा सुधार ल्याउन सुदृढ आवास स्थलहरूको निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए।
सरुवा र व्यवस्थापनमा सुधार
त्यस्तै कर्मचारीहरूको सरुवालाई थप व्यवस्थित बनाउन पूर्वानुमानयोग्य सरुवा सूची निकट भविष्यमा प्रकाशित गर्ने योजना रहेको पनि दाहालले बताए। यसले कर्मचारीहरूले आफ्नो आगामी सरुवाका बारेमा पूर्वजानकारी पाउन सक्नेछन्। संगठनमा व्यावसायिकता र कार्यकुशलता प्रवर्द्धन गर्न नेतृत्व निरन्तर लागिरहेको उनले प्रस्ट पारे।

दाहालले संगठनको लक्ष्य हासिल गर्न स्थानीय संघ-संस्था, जनप्रतिनिधि तथा शुभेच्छुकहरूको साथ र सहयोगको महत्वपूर्ण भूमिका रहेको बताए। स्थानीय समुदायबाट प्राप्त समर्थनले संगठनलाई थप सशक्त बनाएको र आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरिएको उनले उल्लेख गरे।
सशस्त्र प्रहरी बललाई समयसापेक्ष सुधार गर्दै लैजान नेतृत्व सदैव क्रियाशील रहेको र संगठनका राष्ट्रसेवकहरूलाई थप प्रेरित गर्न आवश्यक सबै प्रयास जारी रहने उनको भनाई थियो।