Author: Dipak Dhamala

काठमाडौं – नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् । नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी…

Read More

कैलाली- कैलालीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशी आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीको हत्या आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंसिर २६ गते राति बजेको भागिरथले श्रीमतीमाथि बञ्चरोले टाउकोमा प्रहार गरेका हुन्। उनले बञ्चरोले टाउकोमा प्रहार गरेपछि घाईते भएकी मुगादेवीलाई उपचारको लागि आफन्तहरुले टीकापुर अस्पतालमा लगिएको थियो। तर, सामान्य उपचारपश्चात थप उपचारको लागि कोहलपुर बाँके रेफर गरिएको थियो। त्यसपछि उपचारकै क्रममा रहेकी उनलाई बिहीबार बेलुका घर लैजान्छौ भनेर आफन्तले (माईती घर) कैलालीको मोहन्याल गाँउपालिका वडा न.७ ज्यामीरे भन्ने ठाउँमा…

Read More

काठमाडौं – नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता हुने भएको हो । नयाँ सरकार गठनबारे उनीहरुको भेटवार्ता हुने भएको छ । हिजो (शुक्रबार) अपरान्हसम्म बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुनः बस्न लागेको हो । सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिलेपछि हिजोको बैठक निष्कर्षविहीन टुंगिएको थियो । यहीँ विषयमा आज पनि छलफल हुने भएको छ ।

Read More

माेरङ – दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको याे हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये अहिले यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर यस अघिका वर्षहरुमा यतिखेरसम्ममा…

Read More

उत्तर कोरियाले दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले भनेको छ । उत्तरले एक वर्षदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरिरहेको छ । गत महिना सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणसहित प्योङयाङले गत हप्ता नयाँ रकेट इन्जिनको परीक्षण गरेको थियो । अन्तरिक्षबाट तस्बिर लिन यस हप्ता नयाँ क्षमताहरू विकास गरेको छ उत्तरले दाबी गरेको छ । ‘हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्रबाट उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइलहरू देखेको छ‘ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने । प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षण गर्ने तयारी गरिरहेको भन्दै अमेरिका र दक्षिण कोरियाले महिनौँदेखि चेतावनी दिँदै आएका…

Read More

मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।  ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने । आक्रमणबारे अनुसन्धान भइरहेको छ । संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन् । 

Read More

काठमाण्डाै – ‘द भ्वाइस अफ नेपाल’ चाैथाे सिजनकाे उपाधि करण राईले जितेका छन् । गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन् । टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो भ्वाइस अफ नेपालको उपाधि जितेका हुन् । करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोलाकाे सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् । यस्तै, टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् । ‘द भ्वाइस अफ नेपाल’ काे चाैथाे सिजनमा प्रमोद खरेल, राजु लामा, राजेश…

Read More

काठमाण्डाै – पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता छ । लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ…

Read More

चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो । चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ । जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले बेइजिङमा कोभिडको गम्भीर सङ्क्रमण बढ्दै गएको स्वास्थ्य विज्ञले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका…

Read More

काठमाण्डाै – आज देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, मधेस प्रदेश, बाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको छ । साथै देशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका केही ठाउँमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ भने तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ । मौसमविद्का अनुसार आज केही ठाउँमा हल्का वर्षा र हिमपात भए पनि भोलिदेखि भने मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव…

Read More