काठमाडौं – नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता हुने भएको हो ।
नयाँ सरकार गठनबारे उनीहरुको भेटवार्ता हुने भएको छ । हिजो (शुक्रबार) अपरान्हसम्म बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुनः बस्न लागेको हो । सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिलेपछि हिजोको बैठक निष्कर्षविहीन टुंगिएको थियो । यहीँ विषयमा आज पनि छलफल हुने भएको छ ।
Facebook Comments Box