Author: Dipak Dhamala

धनगढी- आज सुदुरपश्चिम प्रदेशसहित देशका अन्य भू–भागमा हुस्सु/कुहिरो लागेको छ। नेपालमा हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक बदली  रही तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

कट्टरपन्थी इस्लामवादीहरूले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै तालिबान अधिकारीहरूले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका छन् । गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ । उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदीमले हस्ताक्षर गरी सबै सरकारी तथा निजी विश्वविद्यालयलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना नभएसम्मका लागि महिला शिक्षा स्थगन गर्ने उल्लेख गरिएको आदेशलाई तत्काल कार्यान्वयन गर्न सबैमा जानकारी गराइन्छ ।’ पत्र ट्वीट गर्ने मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाशिमीले आदेश पुष्टि गरेको एएफपीले जनाएको छ । #तालिवान

Read More

काठमाण्डाै – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै बस र माईक्रोबस ठोक्किदा एक जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् । भैरहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख २६४४ नम्बरको बस र काठमाण्डौबाट धादिङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस हिजो बेलुका एकआपसमा ठोक्कीएर दुर्घटना भएको हो । दुर्घटनामा माईक्रोबसमा रहेकी एक महिलाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय नखुलेको धादिङका प्रहरी प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । दुर्घटनामा माईक्रोबसमा रहेका ११ जना र बसमा सवार ४ जना यात्रु घाइते भएका छन् । घाइते माईक्रोबसमा रहेका यात्रुलाई थप उपचारका लागि…

Read More

काठमाडौं- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।  संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् । यादवले नागरिकतामा जन्म मिति सच्चाउन निवेदन दिए पनि नसच्चिएको बताउँदै आएका छन् । …

Read More

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो ।  चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आप्mना प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने गरी पूरक बजेट ल्याउनुपर्ने जानकार बताउँछन् । उनीहरूका अनुसार चालू वर्षको ५ महीना पूरा हुँदा सरकारको आम्दानीले कर्मचारीलाई तलब भत्ता खुवाउनै मुश्किल परेको स्थिति छ । आगामी सरकारले पूर्णरूपमा मितव्ययी नीति अघि सार्दै कार्यान्वयनको पाटोलाई कडाइका साथ अघि बढाउनुपर्ने उनीहरूको सुझाव छ ।…

Read More

चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएको छ । तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्‍याइएको भारतीय विदेशमन्त्री एस जयशङ्करले बताउनुभएको छ । तर थपिएको सैनिक संख्या खुलाइएको छैन । विदेशमन्त्री जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो । चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । झडप भएको सीमा क्षेत्र अहिले शान्त रहेको छ । दुई देशले शान्ति कायम राख्नेबारे छलफल गरिरहेका छन्…

Read More

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन्। पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् । उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहेका…

Read More

अछाम – कुनै बेला अछाम जिल्लामा विवाह, ब्रतवन्ध, शुभकार्यका लागि बजाइने पञ्चेवाजा हाल आएर लोप हुने अवस्थामा पुगेका छन् । आज भन्दा २० वर्ष पहिले अछाम जिल्लामामा पञ्चेवाजा विना कुनै पनि खुसीयालीका उत्सवमा काम हुँदैन्थे भने हाल बिहेवारीमा समेत प्रयोग हुन छाडेका छन् । जिल्लाको सांस्कृतिक परम्परा र पहिचानसँग जोडिएको मौलिक तथा परम्परागत पञ्चेबाजा आधुनिक बाजाको आगमन सँगै लोप हुदै गएको छ । कुनै जात सुमदाय र देशलाई सक्नलाई उसको संस्कृतीलाई नष्ट गर्नुपर्छ भनेझै शुभ कार्य लगायत अन्य कार्यहरुमा गाँउघर नै गुन्जायमान हुने गरी विभिन्न ताल शुरमा बजाइँदै आएको पञ्चेबाजा पछिल्लो समय अछाम जिल्लामा लोप हुदै गएको छ । ।…

Read More

काठमाडौं- नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले आज कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो ।  पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भुमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ । भेलामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् । भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कुल ७८ सिट…

Read More

काठमाण्डाै – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई यसवर्षको फिफा विश्व कप फुटबलको उपाधि दिलाएका थिए । फाइनलमा फ्रान्स पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भयो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो । योसहित अर्जेन्टिना तेस्रो पटक विश्व कप उपाधि जित्न सफल भयो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीले विश्व कपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए । पाँचौँ पटक विश्व कप खेलेका मेस्सीले…

Read More