Author: Dipak Dhamala

काठमाण्डाै – सेनेगललाई हराउँदै इङ्ल्यान्ड फिफा विश्व कप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा गए राति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । इङ्ल्यान्डका लागि जोर्डन हेन्डर्सन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे । खेलको ३८औँ मिनेटमा जोर्डन हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औँ मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ल्यान्डलाई तीन गोलको अग्रता दिलाए । अब इङ्ल्यान्डले अन्तिम आठमा फ्रान्ससँग खेल्ने छ । पोल्यान्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

Read More

काठमाण्डाै – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । बिहान बाँस्कोटाको भक्तपुरमा रहेको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल त्यहाँ पुगेको थियो । त्यस क्षेत्रलाई घेरेर राखिएको थियो । यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको थियो । सेनाले डिस्पोज गरेसँगै त्यस क्षेत्रमा आवागमन खुलाइएको छ । शङ्कास्पद वस्तु निष्क्रिय पारेको र त्यहाँ विस्फोटक पदार्थ केही पनि नभेटिएको सेनाले जनाएको छ । बाँस्कोटा गएको ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा काभ्रे-२ बाट निर्वाचित हुनुभएको थियो ।

Read More

काठमाण्डाै – शङ्कास्पद वस्तु रहेको आशङ्कामा नेपाली सेनाको बम डिस्पोजल टोली नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा पुगेको छ । बाँस्कोटाको भक्तपुरमा रहेको घरमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल टोलीलाई त्यहाँ पठाइएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार बाँस्कोटाको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु भेटिएको छ । त्यस क्षेत्रलाई अहिले घेरेर राखिएको छ । त्यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ । बिहान छिमेकीले बाँस्कोटाको घरको पर्खाल छेउमा शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाँस्कोटा गएको ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा काभ्रे-२ बाट निर्वाचित हुनुभएको थियो ।

Read More

काठमाडौं – सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक  आज बस्दैछ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र  गत निर्वाचनको समीक्षा हुनेछ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ । बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ ।

Read More

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आयोगले जनाएको छ । नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । उसले…

Read More

बाजुरा- बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ । प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए । प्रतिनिधि…

Read More

काठमाण्डाै – नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग टू शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । खेल दिउँसो पौने २ बजे विन्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबियासँगको खेल वर्षाका कारण प्रभावित भए पछि नेपालले एक अङ्क पाएको छ । स्कटल्यान्डले भने शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ । नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टू खेलिरहेको छ ।

Read More

काठमाडौं- नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिस भक्तपुरका डिएसपी राजु पाण्डे बताए । उनका अनुसार घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ। त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको पाण्डेले बताए ।

Read More

काठमाडौं- कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो ।  शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुबै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो । दुबै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो । ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ । ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ ।  यसअघि ब्राजिलका प्रभावशाली स्ट्राइकर नेयमारलाई पनि चोट लागेको थियो । उनले समूह चरणका दुई खेल गुमाएका थिए । यसैगरी राइट ब्याक डानिलो र एलेक्स सान्द्रो समेत घाइते छन्…

Read More

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रले छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्ने बताएका छन् । पाँच वर्षमा आधा सिट घट्दा पनि माओवादीले दक्षिणपन्थी पार्टीलाई नेता मानिरहेमा अब हुने निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न पनि मुश्किल हुने उनको दाबी छ । ‘कम्तीमा दोस्रो पुस्ताका र युवा नेता–कार्यकर्ताले अब त बुझ्नुपर्ने हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफ्नै बचेखुचेको भविष्यका लागि पनि माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ ।

Read More