Author: Dipak Dhamala

काठमाण्डाै – फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् । एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै विश्व कप फुटबलमा एम्बाप्पेको गोलसङ्ख्या समग्रमा १२ गोल पुगेको छ । कतार विश्व कप फुटबलमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा अर्जेन्टिनाका…

Read More

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र गरेको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई कार्यालय समयमा कार्यालयमा भेट्न सकिँदैन । मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिले पूर्वस्वीकृतिबिना बिदा बस्ने गरेकाले कार्यालय समयमा कर्मचारी भेटिन छाडेका कारण सो परिपत्र गरेको हो। मन्त्रालयका उपसचिव रवीन्द्रजङ्ग थापाले मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र समन्वय अधिकारी जानकारी नदिएरै बिदामा नबस्न परिपत्र गरिसकिएको बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Read More

काठमाण्डाै – फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् । यसअघि अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गाेल…

Read More

काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–२ स्थित भङ्गालमा हिकभिजनको अत्याधुनिक भवन शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं ४ का नवनिर्वाचित सांसद गगनकुमार थापाले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेका थिए ।      कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुढानिलकण्ठ – २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ एवं वडासदस्य समेतको उपस्थिति रहेको थियो । सो अवसरमा उनीहरुले भवनमा रहेका हिकभिजनका उत्पादन प्रदर्शनीको अवलोकन एवं जानकारी समेत लिएका थिए ।  उनीहरुलाई म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक मनिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारी, सञ्चालकद्वय शिवप्रसाद ढुङ्गाना, कमल तामाङले हिकभिजनका उत्पादनका बारेमा जानकारी गराएका थिए । सो अवसरमा म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका अध्यक्ष तामाङले…

Read More

रसियाले युक्रेनमा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । यो हमलालाई युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो आक्रमण बताइएको छ । आक्रमपछि किभ राष्ट्रव्यापी आपतकालीन ब्ल्याकआउट लागु गर्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।  अधिकारीहरूका अनुसार मध्य क्रिभिई रिहमा एउटा अपार्टमेन्ट ब्लकमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ ।  दक्षिणमा खेरसनमा गोलीबारीमा अर्का एक जनाको मृत्यु भएको छ ।  कब्जा गरिएको पूर्वीयुक्रेनमा रुसी–स्थापित अधिकारीहरूले युक्रेनी गोलाबारीबाट १२ जनाको मृत्यु भएको बताएका छन् ।  एउटा भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग अझै धेरै ठूलो हमला गर्न पर्याप्त क्षेप्यास्त्रहरू रहेका पश्चिमी सहयोगीहरूलाई किभलाई थप र राम्रो वायु रक्षा प्रणालीहरू…

Read More

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।   साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

Read More

लामो कोभिडले केही मानिसहरूमा दीर्घकालीन लक्षणहरू देखिन्छ, जुन घातक पनि हुन सक्छ । कोभिड–१९ महामारीको पहिलो ३० महिनामा अमेरिकामा कम्तीमा ३ हजार ५४४ जनाको मृत्युले पनि लामो कोभिड कति हानिकारक छ भन्ने पुष्टि हुन्छ । पछिल्लो एक अनुसन्धानले यस्तै देखाएको छ । यो प्रतिवेदन संयुक्त राज्य अमेरिकामा लामो कोभिड मृत्युको संख्या मापन गर्न अमेरिकी रोग नियन्त्रण तथा रोकथामको केन्द्रको  स्वास्थ्य तथ्याङ्कका लागि अमेरिकी राष्ट्रिय केन्द्रको आधिकारिक प्रयास हो । केही विज्ञहरू भन्छन् कि यो खोज सायद एक महत्वपूर्ण  कम गणना हो । कोभिड १९ भएकामध्ये ३० प्रतिशतमा लामो कोभिड भएको सीडीसीले जनाएको छ । प्रकाशित अनुसन्धानले जनवरी २०२० देखि जुन…

Read More

काठमाडौं – नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ ।माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

Read More

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदैछ । आप्रवासी श्रमिक दिवसका अवसरमा नेपालमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । नेपालमा ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाइँदैछ । आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरू माथि हुन सक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तीनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३…

Read More

काठमाण्डाै – नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको चुनावका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ । आजको बैठकले निर्वाचन समिति गठन गर्ने र चुनावको मिति तय गर्ने सम्भावना छ । कांग्रेसले आउँदो बुधवारसम्ममा संसदीय दलको नेताका लागि चुनाव गर्ने तयारी गरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन्। यसअघि हिजो बालुवाटारमा प्रधानमन्त्री एवं…

Read More