Author: Dipak Dhamala

काठमाडौं – नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बस्नेछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए ।  बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।

Read More

काठमाण्डाै – प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार खराब मौसमका कारण दुई वटा विमान होल्डमा छन् । नेपाल एअरलाइन्स र एअर इण्डियाको विमान होल्डमा राखिएको उहाँले जानकारी दिनुभयो । यस्तै, आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुनेछ । विमानहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।

Read More

बैतडी-  बैतडीका पाटन नगरक्षेत्रभित्रका विद्यालय आजपनि बन्दको आह्वान गरिएको छ। पाटन नगरक्षेत्रभित्रका विद्यालय लगातार दुई दिनदेखि बन्द रहेको अवस्थामा बिहिबार पनि बन्द रहने र जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ। बैतडीका शिक्षक धनबहादुर बिष्टको मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि दबाब दिने उद्देश्यले गठन भएको संघर्ष समितिले बिहीबार जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय गरेको छ। यसैबिच शिक्षक बिष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै गरिएको यातायात बन्द खुलेको छ। संघर्ष समितिले दशरथचन्द राजमार्गमा गरेको यातायात बन्द सुचारु गर्ने निर्णय भएको संघर्ष समिति संयोजक लिला बिष्टले बताइन्। यात्रुहरुको समस्यालाई ध्यानमा राखेर बिहिबार…

Read More

अछाम – आर्थिक बर्ष २०७९/०८० मा अछाम जिल्लाका दश स्थानीय तहका ४० मुद्धा अख्तियार अनुसन्धान आयोगमा दर्तामा रहेका छन । बुधावार अख्तियार अनुसन्धान आयोग कंचनपुरको आयोजनामा चौरपाटी गाउँपालिकामा भएको भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा आयोगका इञ्जिनियर पुष्पराज भट्टले तथ्याङ्क सार्वजनिक गरे । तथ्याङ्कमा २०७९ असार मसान्त अघिका ३२ र साउन देखि मंसिर सम्म ८ मुद्धा दर्ता भएको अख्तियार अनुसन्धान आयोग कंचनपुर जनाएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी वान्नीगढी जयगढ गाउँपालिकाका ६ र सबैभन्दा कम ढकारी गाउँपालिकामा १ योजना उजुरी दर्ता रहेको आयोगले जनाएको छ । आयोगको तथ्याङ्क अनुसार मंगलसेन नगरपालिका, मेल्लेख गाउँपालिका, रामारोशन गाउँपालिका र तुर्माखाद…

Read More

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । यसअघि हिजो कांग्रेसले चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो । चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसमा सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्य पनि सुरु भएको छ । सत्तागठबन्धनलाई कायम राख्दै नयाँ…

Read More

काठमाण्डाै – स्याङजाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्।  तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका धनबहादुर हमालले बताए । “तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ”, उनले भने, “दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।” प्रधानाध्यापक आफै रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका…

Read More

काठमाडौं – डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिए । कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा पुनर्निर्माणका क्रममा निर्माण कम्पनीले धरहरा क्षेत्रको सम्पदालाई नष्ट गरेकाले पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको बताए । सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीले पुनर्निर्माणका लागि खन्ने…

Read More

चीनका राष्ट्रपति सी जिनपिङ र युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवबीच भेटवार्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी र रुसी नेता मेदभेदेवको भेटवार्तामा राजनीतिक आपसी विश्वासलाई थप सुदृढ बनाउनेबारे छलफल भएको छ । सीपीसीको निमन्त्रणामा चीन भ्रमणमा रहेका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको समेत जानकारी गराउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भेटमा राष्ट्रपति सीले रुससँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । साथै दुई पक्षबीच शासन अनुभव, विकास रणनीतिलाई…

Read More

काठमाडौं – संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन्। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ सरकार गठनसहित सत्ता गठबन्धनका विषयमा छलफल थाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको थियो। सत्ता साझेदारीसहितका विषयमा माओवादी केन्द्रले कांग्रेससँग एक साताअघि नै छलफल गर्न चाहेको थियो। तर प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेता चयनसम्म कुर्न दाहाललाई आग्रह गरेका थिए। कांग्रेससमेतको समर्थनमा…

Read More

काठमाडौं – हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही  भू-भागमा बिहानीपख हुस्सु लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More