Author: Dipak Dhamala

काठमाण्डाै -प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। विवादका कारण रोकिएको स्याङ्जा २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ। निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि बढाउन सर्वदलीय बैठकको पहल भइरहेको छ। बाजुरामा बुधबारको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएकाले बिहीबार बिहान फेरि बैठक बोलाइएको छ। दोलखाका केही मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ। यो समाचार नागरिक दैनिकमा छ ।

Read More

काठमाण्डाै – विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ । समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ । अस्ट्रेलिया कतार विश्व कपको नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली देश समेत बनेको छ । अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस…

Read More

सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले सुविधा बापत पाएको सामान फिर्ता गर्न अटेरी गर्दै आएकी छिन् । केही दिनमै सुदूरपश्चिम प्रदेश सभाले सभामुख, उपसभामुखसहित नयाँ पदाधिकारी पाउँदै छ । तर जोशीले अझैसम्म सरकारी सामान फिर्ता गरेकी छैनन् । निवर्तमान उपसभामुख जोशीले निवासमा लिएको सरकारी सामान फिर्ता नगरेको प्रदेश सभा सचिवालय धनगढीले जनाएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेको दिनबाटै सांसदहरुको कार्यकाल समाप्त हुने कानुनी व्यवस्था छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि गत असोज २२ गते मनोनयन भएको थियो । सोही दिनदेखि सांसदहरुको कार्यकाल सकिएको मानिन्छ ।कार्यकाल सकिएको एक साताभित्र उनीहरुले लिएको सेवा सुविधा फिर्ता…

Read More

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । तराईका भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

Read More

काठमाडौं- पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो ।   तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन । 

Read More

डोटी- डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार वडाध्यक्ष जोशीको निधन भएको हो ।प्रेसरका बिरामी रहेका जोशीको घर फर्किने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत अबस्थामा रहेको जिल्ला अस्पताल डोटीका डा.सोहन शाहले जानकारी दिए ।

Read More

अछाम- अछाममा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्युु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माईला छोरा १४ बर्षका गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भएको हो । आज दिउसो दुई भाइ संगै तरुल कोर्न गएका र दाइ ठुलो ढुंगामा च्यापियर मृत्युु हुदा खान्छा भाईले खबर गर्दा गाउमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताउनु भयो । मृतक बालक मंगला नेपाल राष्ट्रिय माध्यामीक विद्यालय ओलिगाउमा कक्षा ५ मा अध्यानरत थिए ।

Read More

काठमाडौं- कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो । कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।  यी हुन् कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू :

Read More

 बाजुरा- बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्। गत बिहीबार दुई जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको हो। त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन। अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ। मृतकका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन्। मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका…

Read More

तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोङ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेका छन् ।नासाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनपछि  स्थायी रूपमा बसोबास गर्ने यो दोस्रो अन्तरिक्ष चौकी हुनेछ, जसबाट चीनलाई सन् २०११ मा हटाइएको थियो ।  नयाँ टोली छ महिनासम्म स्टेसनमा बस्नेछ । ६ वटा अन्तरिक्ष यात्रीहरू राख्नको लागि स्टेशनको क्षमता परीक्षण गर्न त्यहाँ एक हप्ता लामो हस्तान्तरण अवधि हुनेछ । नयाँ चालक दल मंगलबार उत्तर–पश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शेन्झाउ–१५ अन्तरिक्ष यान वा ‘डिभाइन भेसल’ मा प्रस्थान गर्यो । यो स्टेशनलाई जम्मा गर्न आवश्यक ११ मिसनहरू मध्ये अन्तिम हो जुन लगभग एक…

Read More