अछाम- अछाममा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्युु भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माईला छोरा १४ बर्षका गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भएको हो ।
आज दिउसो दुई भाइ संगै तरुल कोर्न गएका र दाइ ठुलो ढुंगामा च्यापियर मृत्युु हुदा खान्छा भाईले खबर गर्दा गाउमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताउनु भयो ।
मृतक बालक मंगला नेपाल राष्ट्रिय माध्यामीक विद्यालय ओलिगाउमा कक्षा ५ मा अध्यानरत थिए ।
Facebook Comments Box