काठमाडौं- पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो ।
तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।
Facebook Comments Box