Author: Dipak Dhamala

नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन । एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै उम्मेदवारको टिकट दिएका छन् । जसमा भुसालको नाम छैन । एमाले स्रोतका अनुसार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये १ मा छविलाल विकले पाएका छन् भने प्रदेशतर्फ क मा तालमेल र ख मा दधिराम न्यौपानेले टिकट पाएका छन् । त्यसैगरी २ मा विष्णु पौडेलले टिकट पाउँदा प्रदेशतर्फ क मा लीला गिरी र खमा भोजप्रसाद श्रेष्ठले पाएका छन् ।…

Read More

नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपास“ग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । प्रदेशसभा तर्फ (क) तालमेलका लागि छुट्याइएको छ । (ख) बाट दधिराम न्यौपानेले टिकट पाएका छन् । रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) लिला गिरि र (ख) भोजप्रसाद श्रेष्ठले टिकट पाएको छ । रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा तालमेलका लागि छुट्याइएको छ भने (ख) मा तुलसीप्रसाद चौधरीले टिकट पाएका छन् । रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको…

Read More

नेकपा एमालेले योगेश भट्टराईलाई ताप्लेजुङमा प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। शुक्रबार संक्षिप्त कुराकानी गर्दै उनले आफूले ताप्लेजुङबाट टिकट पाएको पुष्टि गरे। ‘मैले ताप्लेजुङमा दोहोर्‍याउने भएँ,’ भट्टराईले भने। ताप्लेजुङ भट्टराईको गृहजिल्ला समेत हो। उनले ताप्लेजुङबाटै २०७४ सालमा वाम गठबन्धनका तर्फबाट चुनाव जितेका थिए। त्यस्तै अर्का एमाले नेता घनश्याम भुसालले भने टिकट पाउने वा नपाउने भन्ने टुंगो भइनसकेको उनीनिकट एक नेताले बताएका छन्। ‘घनश्याम भुषालबारे अझै टुंगो भइसकेको छैन,’ ती नेताले भने। एमालेका पूर्व उपाध्यक्ष भीम रावलले भने प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए।

Read More

काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले अछाम १ बाट कसले टिकट पाएको हो ? भन्ने आधिकारिकता बुझिरहेको बताएका छन् । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए ।  रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१५) निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकेको छ । ‘म पनि सञ्चारमाध्यमहरू हेर्दैछु । आधिकारिकता के हो भन्ने बुझ्दैछु’, रावलले भने, ‘वास्तविकता के हो भन्ने पुष्टि भएपछि मात्रै मैले बोल्नुपर्ने कुरा बोल्छु ।’

Read More

दिपक धमाला, काठमाडौं- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेले प्रदेशका सबै उम्मेदवारको टुंगो लगाउँदै सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको हो। अछाम-१ मा भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका एमाले नेता कर्ण थापाले बताए। उनका अनुसार डडेल्धुरामा भने काँग्रेस विपिसँग चुनावी तालमेल गरिएको छ। यी हुन् एमालेका उम्मेदवारबाजुराप्रतिनिधिसभाकर्णबहादुर थापा प्रदेशसभालालबहादुर थापाबलदेव रेग्मी बझाङप्रतिनिधिसभाऐन महर प्रदेशसभाअफिलाल ओखेडाएलबी रावल दार्चुलाप्रतिनिधिसभागणेश ठगुन्ना प्रदेशसभाहर्देब जोशीरामदत्त जोशी बैतडीप्रतिनिधिसभादामोदर भण्डारी प्रदेशसभासुरेन्द्र पाललीलाधर भट्ट डडेलधुराप्रतिनिधिसभाकांग्रेस बीपी प्रदेशसभापठानसिंह बोहोरागजेन्द्र शाही डोटीप्रतिनिधिसभागौरी ओली प्रदेश सभाचक्र मल्लटेकबहादुर बम अछाम– १प्रतिनिधिसभाझपट बोहोरा प्रदेशसभाकृष्णप्रसाद जैशीदेवबहादुर कुँवर अछाम– २प्रतिनिधिसभायज्ञ बोगटी प्रदेश सभाभीम विष्टशिव उपाध्याय कञ्चनपुर– १प्रतिनिधिसभातारा लामा प्रदेशसभापल्लबराज…

Read More

काठमाण्डौ – पछिल्लो समय कञ्चनपुर, कैलालीको धेरै ठाउँमा ठूलो पानी परेको छ । यी क्षेत्रमा थप ठूलो वर्षाको सम्भावना रहेकाले खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत जिल्लाको साना खोलामा एक्कासी बाढी आउने चेतावनी दिइएको छ । यस्तै, होचा डुबान हुने ठाउँमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Read More

काठमाण्डौ – हिजो दिनभरी लगातार झरी परे पनि काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानदेखि झरी रोकिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बिहान घाम लागे पनि दिउँसो पछि भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा ठूलो पानी पर्ने मौसमविद् सञ्जिब अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा भोलिसम्म नै ठूलो वर्षाको सम्भावना छ । मौसमविद् अधिकारीका अनुसार काठमाण्डौमा भने हिजो अस्तिको जस्तो पानी पर्ने देखिएको छैन । हाल नेपालमा बंगालको खाडी र आसपास रहेको…

Read More

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् । मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ । हिजो भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेकोको थियो । तर, पहिरो हटाएपछि गाडी चलेका छन् । अहिले पनि चितवनमा पानी परिरहेको छ । यस्तै पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन पोखरा सडक दुईतर्फी नै चलेको छ । सडकमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताउनुभयो । सडक विभागका अनुसार चार वटा सडक बन्द छन् । साँफेबगर मार्तडी कोल्टी सडक, कर्णाली राजमार्गको जमुनाहा…

Read More

काठमाण्डौ – पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद सन्जिव अधिकारीले जानकारी दिए। अधिकारीले भने, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो धेरै वर्षाको सम्भावना छ। तर आज राति भने कम हुने छ। भोलि दिउँसो फेरि धेरै वर्षाको सम्भावना छ। पश्चिम क्षेत्रमा आइतबारसम्म कहिँ न कहिँ…

Read More

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन ।  एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा  माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए ।  एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री  प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन ।  गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपालिकामा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी केशव राय चौधरी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य वडा  १,४,६,७,९,को वडा अध्यक्षको प्रत्यासीसहित पचासभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको बताइएको छ…

Read More