Author: Dipak Dhamala

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो । कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’मा…

Read More

डाेटी – दिपायलमा अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र अत्तरियालगायतका बजारमा आकर्षक भाउमा बिक्री भइरहेको छ । डोटीको बडीकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान व्यावसायिक रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् । पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताउनुभयो ।…

Read More

काठमाडौं – नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान गर्नुहुने मतदातालाई धन्यवाद व्यक्त गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक र अन्य सङ्घ संस्थाले पु-याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै बैठकले निर्वाचित उम्मेदवार आम मतदाताको भरोसा र आकांक्षालाई पूरा गर्ने, देश र जनताको सेवामा समर्पित हुने विश्वास…

Read More

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सोमबार बस्दैछ ।  आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो । पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ ।  नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो । 

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभामा चौथो दल बनेको रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएकाे हाे । नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बाेलाइएकाे बैठक अहिले केही बेरमा सुरू हुने भएकाे छ । बधाई कार्यक्रमपछि बस्ने बैठकले दलको नेता चयन गर्ने रास्वपाले जनाएकाे छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधि सभामा २० सिट जितेको रास्वपाको दलको नेतामा पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता हुने निश्चित जस्तै भएकाे छ ।

Read More

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न एक हप्ताको समय दिएसँगै दलहरु शक्ति बाँडफाँट टुङ्गोमा पुर्याउन केन्द्रित भएका छन् । सत्तागठबन्धनमा रहेका दलहरूले आ–आफ्नो संसदीय दलको नेता चयन र शक्ति बाँडफाँटको विषयलाई एक साथ अगाडि बढाउन जुटेका छन् । संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएको अवस्थामा धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट हिजो नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान भएको छ । तोकिएको समयमा दाबी पेस नभएर दलहरूले समय मागे केही दिन समय थप्ने अभ्यास छ । दलको नेता चयन गर्न कांग्रेसले पर्सि संसदीय दलको बैठक बोलाएको छ । एकीकृत समाजवादीले आजका…

Read More

काठमाण्डाै – नेपालमा कुल ऊर्जा खपतको ३ प्रतिशतमात्रै नवीकरणीय ऊर्जाको उपयोग भइरहेको तथ्याङ्कले देखाएको छ । जलविद्युत् ऊर्जालाई समेत समेट्दा कुल ऊर्जा खपतको ८ प्रतिशत नवीकरणीय ऊर्जा उपयोग हुँदै आएको छ । कुल खपतको झण्डै ६५ प्रतिशत हिस्सा अहिले पनि जैविक ऊर्जाको छ भने २७ प्रतिशत आयातित खनिज इन्धन खपत भइरहेको तथ्याङ्क छ । खनिज इन्धनको उच्च प्रयोगले देशको आर्थिक भार बढेको छ । खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्ने काठमाण्डौमा भैरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले जोड दिएका छन् । नवीकरणीय ऊर्जा प्रयोग…

Read More

काठमाण्डाै – भारतको बिहारमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ । तराईका जिल्लामा पनि हुस्सु कुहिरो लागेको छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो दिउँसो पछि मात्रै हट्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । देशभर नै जाडो बढिरहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

Read More

अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ । विस्फाेटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुनुको कारण खुलेको छैन । विस्फाेटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

Read More

काठमाडौं- ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकमा नयाँ जनादेश पाएको छ । निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्टपति विद्यादेवी भण्डारीलाई अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको वैधानिक बाटो खुलिसकेको छ । तर, सत्ताको नेतृत्वमा रहेका राजनीतिक दल राष्ट्रपति, प्रधानमन्त्री हुँदै सभामुखसम्मका पदको रस्साकस्सीमा लाग्दा सरकार गठन अन्योलमा छ ।  सत्ता गठबन्धनको नेतृत्व गरेको दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ । कांग्रेस राष्टपति पनि आफैं लिनेगरी अघि बढिरहेको छ । वर्तमान प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने प्रयासमा छन् ।  कांग्रेस प्रतिनिधिसभामा ८९ सिट जित्दै पहिलो दल बनेको छ ।गठबन्धनकै अर्को…

Read More