Author: Dipak Dhamala

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा २०२ जना बिरामीको उपचार गरिएको छ। आइतबार उक्त वडाको सहरी स्वास्थ्य सेवा केन्द्र धुर्जन्नामा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा २०२ जना बिरामीको उपचार गरिएको हो। क्लिनिकमा ७६ जनाले जनरल फिजिसियनबाट सेवा लिएका, ४० जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञ र २५ जनाले दाँत रोग सम्बनधी सेवा लिएको उपमहानगरले जनाएको छ। यस्तै, वडा क्लिनिकमा ६१ जनाले आँखा रोग सम्बन्धी सेवा लिएको र ७ जनालाई प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको उपमहानगरले जनाएको छ। क्लिनिकमा १३ जनाले अल्ट्रासाउन्ड, ७ जनाले ईसीजी र २१ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७०…

Read More

अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको नाम गिनिज बुकमा दर्ता भएको छ । बीसीसीआईका अनुसार २९ मे २०२२ मा आईपीएलको फाइनल खेल स्टेडियममा १,०१,५६६ जनाले हेरेका थिए।यो कुनै पनि टी–२० खेलमा उपस्थित दर्शकहरूको सबैभन्दा ठूलो संख्या हो।एक ट्वीटमा बीसीसीआईले भनेको छ, ‘भारतले गिनिज वर्ल्ड रेकर्ड बनायो, यो सबैका लागि गर्वको क्षण हो।’ बीसीसीआईका महासचिव जय शाहले पनि ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् । गुजरात क्रिकेट संघको मोटेरा स्टेडियमलाई फेब्रुअरी २०२१ मा पुन: निर्माण गरी पुनः खोलिएको थियो।अब यो स्टेडियमको नाम नरेन्द्र मोदी स्टेडियम रहेको छ । १५ औं आईपीएलको फाइनल खेल यही रंगशालामा खेलिएको थियो ।बीबीसी

Read More

समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत ल्याएको छ । हालसम्म ९२ लाख २७ हजार ५४ मत गनिसकिएको छ । सोही समयमा एमालेले २५ लाख १६ हजार ५९२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २३ लाख ८५ हजार १०३ मतसहित दोस्रो स्थान बनाएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार १४८ मत ल्याएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३…

Read More

काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । ६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो । फेरान टोरेसलाई प्रतिस्थापन गरी मैदान छिरेको ८ मिनेटमै मोराटाले जोर्डी अल्बाको पासमा ट्याप इन गोल गरेका थिए । समूहको पहिलो खेलमा कोस्टारिकालाई ७ गोल गरेको स्पेनले जर्मनीसँग भने अग्रता जोगाउन सकेन । ८३औं…

Read More

आज मंसिर १२ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १३६.२० रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.४४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३४.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.११ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२४ रुपैयाँ रहेको छ ।

Read More

 बझाङ- बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका-५ की २७ वर्षीया मालती बोहराको मृत्यु भएको हो।आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो। जिल्ला अस्पताल बझाङका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो। बोहराको धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। 

Read More

काठमाडौं – नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियम बिपरित काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेज ठेक्का दिएको भन्दै बदरका लागि सर्बोच्च अदालतमा विहीवार दर्ता भएको रिट निवेदनको आज सुनुवाई हुंदैछ । न्यायाधीश हरि फुयाॅलको एकल इजलास सुनुवाई हुने तय भएको छ । ठेक्का प्रक्रियामा सामेल भएको भारतीय आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तफृबाट अधिवक्ता सुजन रिजालले विहीवार रिट दायर गरेका थिए । सेनाले प्याकेज ६को ठेक्का चाइना फस्ट हाइवे कम्पनीलाई ठेक्का दिएको थियो, जसको प्राविधिक प्रस्ताब सुरुमा सेनाले अस्वकिृत गरेको थियो । कम्पनीले सार्वजनिक खरिद अनुमोदन कार्यालयमा उजुरी दिएपछि पुनरावलोकन समितिले सेनाको निर्णय उल्ट्याएको थियो । सेनाको निर्णय कानूनसम्मत नभएको भन्दै…

Read More

अछाम- अछाममा प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ। कांग्रेसले ३० हजार ३४९ मत पाएको छ। नेकपा एमालेले २८ हजार ९९३, नेकपा माओवादी केन्द्रले १२ हजार ५६२, एकीकृत समाजवादीले ४ हजार ३७० र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४७० मत पाएका छन्। त्यस्तै, क्षेत्र नम्बर १ मा प्रदेशसभा समानुपातिकतर्फको मत गणना पनि सकिएको छ। जसमा कांग्रेसले १४ हजार ४२ मत पाएको छ। एमालेले १४ हजार १९, माओवादी केन्द्रले ६ हजार ८९१ र समाजवादीले ३ हजार ४४६ मत पाएका छन्। क्षेत्र नम्बर २ को प्रदेशसभा समानुपातिकतर्फको मत गणना भइरहेको छ।

Read More

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेसले १०४ क्षेत्रमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, नेकपा (एमाले) ८६ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्र ५३, नेकपा एकीकृत समाजवादी १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, जनता समाजवादी पार्टी ९, लोकतान्त्रिक समाजवादी पार्टी ९, जनमत पार्टी ७, नागरिक उन्मुक्ति पार्टी ५, हाम्रो नेपाली पार्टी र नेमकिपाले एक एक स्थानमा जित हासिल गरेका छन् । १२ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । राष्ट्रिय…

Read More

बैतडी- बैतडीमा प्रदेशसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभाको अन्तिम मतपरिणाम अनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। प्रदेशसभा सदस्य समानुपातिकतर्फ एमालेले ३० हजार ८७९ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २१ हजार ६१९ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्र १३ हजार १०२ मत प्राप्त गरेर तेस्रो भएको छ। राप्रपाले २ हजार ११२ र एकीकृत समाजवादीले १ हजार ८४५ मत पाएको छ। प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर र ५ हजार ५५ मत बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

Read More