काठमाडौं – नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियम बिपरित काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेज ठेक्का दिएको भन्दै बदरका लागि सर्बोच्च अदालतमा विहीवार दर्ता भएको रिट निवेदनको आज सुनुवाई हुंदैछ । न्यायाधीश हरि फुयाॅलको एकल इजलास सुनुवाई हुने तय भएको छ ।
ठेक्का प्रक्रियामा सामेल भएको भारतीय आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तफृबाट अधिवक्ता सुजन रिजालले विहीवार रिट दायर गरेका थिए । सेनाले प्याकेज ६को ठेक्का चाइना फस्ट हाइवे कम्पनीलाई ठेक्का दिएको थियो, जसको प्राविधिक प्रस्ताब सुरुमा सेनाले अस्वकिृत गरेको थियो । कम्पनीले सार्वजनिक खरिद अनुमोदन कार्यालयमा उजुरी दिएपछि पुनरावलोकन समितिले सेनाको निर्णय उल्ट्याएको थियो । सेनाको निर्णय कानूनसम्मत नभएको भन्दै भारतीय कम्पनी सर्बोच्च अदालतमा गएको छ ।
अधिवक्ता रिजालले दायर गरेको रिटमा सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद पूनरावलोकन समिती, काठमाडौं (तराई मधेश फाष्ट्र्याक परियोजना, चाइना फस्ट हाइवे कम्पनी, नेपाली सेना र रक्षा मन्त्रालयलाई बिपक्षी बनाइएको छ ।