Author: Dipak Dhamala

काठमाण्डौ – मागपत्र प्रमाणीकरण नगरि टर्कीमा रोजगारी दिने भन्दै कामदारसँग अन्तर्वार्ता लिने म्यानपावरलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । काठमाण्डौको वसुन्धारामा रहेको मास्टर जब प्रालीले मागपत्र प्रमाणीकरण नै नगरेर टर्कीमा हेभि ड्राइभरमा पठाउने भन्दै ठूलो संख्यामा कामदार छनौटको लागि अन्तर्वार्ता लिइरहेको सूचनाको आधारमा विभागले कारबाही गरेको हो । तीस जनालाई अन्तर्वाता लिएर ट्राइल गराइरहेको अवस्थामा हिजो विभागबाट खटिएको टोलीले कागजातहरु बरामद गरेको विभागले जनाएको छ ।

Read More

काठमाण्डाै – रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको ज्यान गएको छ । बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । ठक्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाण्डाै – काठमाण्डौमा घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको ज्यान गएको छ । बागबजारमा रहेको नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उहाँकी दुई वर्षीया छोरी रियासाको बिहान ज्यान गएको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो।

Read More

धनगढी- कैलाली जिल्लाको चालु आर्थिक वर्षको दररेटमा घोलेको बालुवाको मूल्य प्रति घनमिटर सात सय ५० रुपैया कायम गरिएको छ। गत आर्थिक वर्ष सात सय १० रुपैयाँ थियो। चालु आर्थिक वर्षका लागि घोलेको बालुवाको प्रति घनमिटर ४० रुपैयाँले मूल्य वृद्धि भएको छ। गिट्टीको पनि मूल्य वृद्धि भएको छ। गत वर्ष ४० मि.मि.को गिट्टिको मूल्य एक हजार २ सय ५० रुपैयाँ थियो भने यस वर्ष एक हजार तीन सय ५० रुपैयाँ पुगेको छ। एक वर्षमा प्रति घनमिटर एक सयका दरले मूल्य बढेको छ। गत वर्ष २० मि.मिको गिट्टिको मूल्य एक हजार ८ सय थियो। यो वर्ष २० मि.मि गिट्टिको मूल्य एक हजार ८९०…

Read More

धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको छ। सोमबार दार्चुलाबाट धनगढी आउँदै गरको सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रीत भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। जिपमा सवार पाँच जना घाइते भएका छन्। सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अविशेक ठकुन्ना, ३८ वर्षीय रगुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक २६ वर्षीय प्रेम धामी घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ  । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ । निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसैअनुसार तय भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएकामध्ये…

Read More

काठमाण्डाै – नेपाल शेर्पा संघले ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एक महिना लामो स्याब्रु नाच तालिम सञ्चालन गरेको छ । लोप हुँदै गएको बौद्धमार्गी शेर्पा समुदायको स्याब्रु नाच जोगाउन तालिम सञ्चालन गरिएको हो । तालिम सिद्धिचरण नगरपालिकाका विगुटार, वर्नालुलगायत क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलाई लक्षित गरेर सञ्चालन गरिएको थियो । स्याब्रु नाच तालिम हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका प्रशिक्षकले सहजिकरण गरेका थिए । तालिममा शेर्पा समुदायका करिब १ सय सहभागी थिए । शेर्पा समुदायको पहिचान बोकेको स्याब्रु नाच नयाँ पुस्ताले बिर्सँदै गएपछि त्यसलाई जोगाउन प्रशिक्षण गरिएको संघका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो । यो नाच मेला, पर्व, चाडलगायतको अवसरमा देखाइने गरिन्छ । संघले हालसम्म…

Read More

काठमाण्डाै – गुजरातको मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ । माच्छु खोलामा बनेको शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा यस दुर्घटनामा पुलमा रहेका धेरै मानिस नदीमा खसेका थिए ।गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति अबेरसम्म राहत र उद्धार कार्य जारी रहेको तर धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिएका थिए । सोमबार बिहान सांघवीले मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको बताएका छन्। यसअघि राति अबेर राति राजकोटका भाजपा सांसद मोहनभाई कल्याणजी कुण्डरियाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका समेत गरेका थिए । १५ मिनेटमै ५० भन्दा बढी एम्बुलेन्स घटनास्थल पुगेको कुण्डरियाले बताए ।यो पुल…

Read More

काठमाण्डाै – छैटौँ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । दुवै खेल अहिले साढे ९ बजे सुरु हुनेछ । पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले बाग्मती प्रदेशलाई हराएको थियो । प्रदेश–१ भने आज सुखद सुरुआत गर्न चाहन्छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन्…

Read More

काठमाण्डाै – नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि प्रभावित भएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि प्रभावित हुँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् । रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार निगमले काठमाण्डौबाट अब हप्तामा १०…

Read More