Author: Dipak Dhamala

काठमाण्डाै – नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई रिहा गरेर स्वदेश फिर्ता गर्ने तयारी भइरहेको छ । सर्वोच्च अदालतको आदेशपछि उनलाई आज अध्यागमनमा बुझाउने तयारी भइरहेको केन्द्रीय कारागारले जनाएको छ । केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्च अदालतले रिहा गरी फिर्ता पठाउन अर्थात् (डिपोर्ट गर्न) आदेश दिएकोमा आवश्यक प्रक्रिया पूरा गरी आज रिहा गरी अध्यागमन विभागलाई बुझाउने तयारी भएको कारागार व्यवस्था विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिनुभयो । न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवार नै रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय…

Read More

काठमाण्डाै – प्रतिनिधि सभाका नवनिर्वाचित सांसदमध्ये हिजो शपथ लिन छुटेका महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादवलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको हो । यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउनुहुनेछ । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका दुई सय ७० जना सांसदले हिजो शपथ लिएका थिए । तर सांसदहरु महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई भने हिजो…

Read More

काठमाण्डाै – २३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्लादेशसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपालले पहिलो सेट २४–२६, दोस्रो सेट २२–२५ र तेस्रो सेट २५–२१ ले गुमाउन पुग्यो । बङ्लादेशमा हिजोदेखि सुरु भएको च्याम्पियनसिपमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको छ । राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्नेछ । त्यस्तै भोलि किर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । बङ्लादेश र किर्गिस्तानले ३ अंक जोडेका छन् भने…

Read More

म्यानचेस्टर — भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् ।  कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी-१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए ।  २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी लखेटी हत्या गरेको आरोपमा लक्ष्मीमहतो कोइरी अहिले पनि फरार सूचीमा रहेका व्यक्ति हुन्। तर, निर्वाचनको समयमा जसपा छाडेर…

Read More

म्यानचेस्टर — नथान एकेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले बिहीबार लिभरपुललाई ३–२ ले हराएको छ । यस नतिजासँगै डिफेन्डिङ च्याम्पियन लिभरपुल लिग कपबाट बाहिरिएको छ । एतिहाडमा भएको अन्तिम १६ को खेलसँगै इंग्लिस फुटबलको दुई ठूला क्लब विश्वकपको विश्रामपछि मैदानमा फर्केका हुन् । इंग्लिस प्रिमियर लिग विजेता सिटीले इर्लिङ हल्यान्ड र रियाद मेहराजको गोलको मद्दतले दुईपल्ट अग्रता लिएपनि दुवै अवसरमा लिभरपुल खेलमा फर्कन सफल भएको हो । लिभरपुलका लागि फाबियो कारभाल्हो र मोहम्मद सलाहले गोल गरे । एकेको गोलपछि भने लिभरपुल त्यसलाई उत्टाउन असफल रह्यो । सिटीले विश्वकपमा खेलेका छ खेलाडीसहित खेल सुरु गरेको थियो भने लिभरपुलले भने आफ्नो बलियो टिम उतारेको थियो । गत सिजन लिभरपुलले…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने या नहुने भन्ने विषय पार्टीको प्राथमिकतामा नपरेको बताएको छ । सरकार गठनबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले  सरकारमा जानुपर्ने बाध्यात्मक वा परिस्थितीजन्य अबस्थामा बाहेक कुनै पनि राजनीतिक समीकरण बनाउने वा भत्काउने खेलमा पार्टी नलाग्ने बताए ।  पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि पार्टीको यो धारणा सार्वजनिक गरिएको हो । जनताले दिएको म्याण्डेट अनुसारको भूमिकामा रहेर पार्टी अगाडि बढ्ने जसपाको दाबी छ । 

Read More

काठमाडौं – पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ । उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ ।त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको छ । तर, माओवादी…

Read More

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ। आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूऔभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ । हिमाली भेगमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन तथा…

Read More

काठमाडौं – पूर्णरूपमा निर्माण सम्पन्न नहुँदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने भएको छ । विमानस्थलनजिकै समस्याका रूपमा रहेको छिन्ने डाँडा कटान नसकिँदै आगामी जनवरी १ बाट क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो । नागरिक उड्डयनको अन्तर्राष्ट्रिय नियमअनुसार विमानस्थलनजिक हुन नहुने डम्पिङ साइट नहटाइँदै उडानको तयारी सौर्य एयरलाइन्सले गर्न लागेको हो । विमानस्थलका लागि आवश्यक पर्ने नेटवर्क सडक र ग्राउन्ड ह्यान्डलिङका लागि सम्पूर्ण कार्य नसकिँदै उडानको तयारी गरिएको हो । यद्यपि व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बिहीबार विमान अवतरण गरिएको छ । पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर…

Read More

काठमाण्डाै – कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीएसजीका फरवार्ड समेत रहेका लिओनल मेस्सीले ७ गोल गरी कतार विश्व कपमा गोल्डेन बल जिते । फ्रान्सको…

Read More