Author: Dipak Dhamala

काठमाण्डाै – गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा गण्डकीलाई ४–३ ले हराउँदै लुम्बिनी उपाधी नजिक पुगेको हो।  लुम्बिनी प्रदेशले उपाधीका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। कर्णाली यसअघि नै फाईनल पुगिसकेको छ। उपाधीका लागि भिडन्त शनिबार हुनेछ। पिएफए स्पोट्स क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद…

Read More

काठमाण्डाै – गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो। धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो। आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पुर्याउने कृषक पनि गाउँमै रोकिए। सडक अवरुद्ध भएर स्थानीयले सास्ती बेहोर्नुपरेको खबर खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री सिंह सार्दूल गुल्मलाई पुग्यो। त्यसपछि गुल्मबाट खटिएको टोलीले पाँच घण्टा समय लगाएर पहिरो पन्छ्यायो र अवरुद्ध सडक खोल्यो। अहिले सो सडक नियमित सञ्चालनमा छ। गुल्मले झिग्रानाको पहिरो मात्रै होइन, मध्यवर्ती क्षेत्रभित्र धेरै सामाजिक काम गरिरहेको छ। बझाङ, बाजुरा, अछाम र डोटीको मध्य भागमा पर्ने खप्तडको वरिपरि सरसफाइदेखि प्रकृति संरक्षणका लागि चेतनामूलक कार्यक्रमसम्म…

Read More

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह दसैँको शुभकामना दिँदै वर्तमान शासन व्यवस्थामाथि प्रश्न उठाएका छन् । न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको शाहको भनाइ छ ।  आज एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरे । शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।  शाहले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा…

Read More

काठमाण्डाै – डेङ्गी सङ्क्रमित र ज्यान गुमाउने थपिँदै जाँदा लामखुट्टे रोकथाम तथा नियन्त्रणमा तीन तहका सरकार र मातहतका निकायले प्रभावकारी काम गर्न सकेका छैनन् । त्यसमाथि दशैँ/तिहार जस्ता मुख्य चाडपर्वले मानिसको आवतजावत र चहलपहल बढाएको छ । यो बेलामा डेङ्गी थप बढ्न सक्ने जोखिम रहेकाले पालिका तहका सरकारलाई जिम्मेवार बन्न इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । कोरोनाकालमा पालिकाले खेलेको भूमिका उल्लेखनीय रहेको तर अहिले डेङ्गीका बेलामा अपेक्षाअनुसार काम हुन नसकेको महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँले आवश्यक स्रोत र साधन अपुग भएमा उपलब्ध गराउन महाशाखा तथा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको समेत…

Read More

काठमाण्डाै – आज दशैँको पाँचौँ दिन, असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले सबै प्रकारको इच्छा पूरा हुने शास्त्रीय मान्यता छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

Read More

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ । 

Read More

काठमाण्डाै – प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सबै दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेका छन् । तर मुख्य दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन समस्या देखिएको छ । चुनावी कार्यक्रमअनुसार अबको ९ दिनपछि अर्थात असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । मुख्य सत्तारूढ दल नेपाली कांग्रेसभित्र एकातिर समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट सङ्ख्या र उम्मेदवार तय गर्न सकस भइरहेको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतर समूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ ।…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १३० रुपैयाँ ६८ पैसा र बिक्री दर १३१ रुपैयाँ २८ पैसा रहेको छ।  ।  युरो एकको खरिद दर १२६ रुपैयाँ ७१ पैसा र बिक्री दर १२७ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १४२ रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५…

Read More

काठमाडौं- हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशभर मौसम सामान्यतया सफा  रहनेछ। प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको…

Read More

काठमाडौं- प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो ।  सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ। सभामुखको कार्यकालबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गत असोज ६ गते रिट दायर भएको थियो। अदालतको फैसला नआएसम्म असोज १ पछिका सेवासुविधा रोकिएको स्रोतले बताएको छ।  समानुपातिकतर्फको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म संसद्को कार्यकाल रहेकाले सभामुख र उपसभामुख कायम रहने वा नरहने भन्ने विषय विवादित छ। यो समाचार नागरिक दैनिकमा छ ।

Read More