काठमाण्डाै – गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा गण्डकीलाई ४–३ ले हराउँदै लुम्बिनी उपाधी नजिक पुगेको हो।
लुम्बिनी प्रदेशले उपाधीका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। कर्णाली यसअघि नै फाईनल पुगिसकेको छ। उपाधीका लागि भिडन्त शनिबार हुनेछ। पिएफए स्पोट्स क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ।
Facebook Comments Box