Author: Dipak Dhamala

काठमाण्डाै – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । चुनावकाे समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले तुरुन्त मतगणना गर्नुपर्ने बताउनुभयो ।

Read More

काठमाण्डाै –भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र माेदीलाई लिएर गर्नुभएकाे टिप्पणीप्रति भारतीय जनता पार्टी (बीजेपी) ले आपत्ति जनाएकाे छ । बीजेपीले कांग्रेस अध्यक्ष खड्गेकाे टिप्पणीकाे जवाफ दिँदै गान्धी परिवारले माेदीलाई घृणा गर्ने गरेकाे बताएकाे छ । बीजेपीले कांग्रेसका अध्यक्ष खड्गेले माेदीलाई ‘रावण’ भनेकाे दाबी गरेकाे छ । बीजेपी प्रवक्ता संबित पात्राले आज मङ्गलवार पत्रकार सम्मेलन गर्दै कांग्रेस अध्यक्षले साेनिया गान्धीले भनेकाे भरमा प्रधानमन्त्री माेदीकाे अपमान गरेकाे दाबी गर्नुभएकाे छ । गुजरात चुनाव प्रचारका क्रममा हिजाे साेमवार मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री माेदीलाई लक्षित गर्दै भन्नुभएकाे थियाे, ‘तपाईंकाे अनुहार कति पटक हेर्‍याैँ । सबैतिर तपाईंकाे नै अनुहार देखिन्छ । कति वटा अनुहार…

Read More

काठमाण्डाै – थापाथलीका सुकुम्बासी र काठमाडौँ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरेको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौँ महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए । …

Read More

काठमाण्डाै – स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा वाणिज्य बैंक-एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत् भुक्तानी सेवा सञ्चालनको लागि सम्झाैता भएकाे छ।  सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गर्नुभएको हाे। गएकाे २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएकाे स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास लिइएकाे छ । यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताले ईबीएल टच ट्वान्टीफोर एपमार्फत् स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंकमार्फत् विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा…

Read More

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा वाम लोकतान्त्रिक गठबन्धनलाई बहुमत जुटेसँगै मुख्यमन्त्री खगराज भट्टको नाम चर्चामा आएको छ । भट्ट नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य पनि हुन् । डडेल्धुरा प्रदेशसभा १ बाट फराकिलो मतले विजयी भट्टलाई मुख्यमन्त्री बनाउने शिर्ष नेताहरुबीच छलफल भएको समेत बताइएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार भट्टलाई मुख्यमन्त्री बनाउन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक भएको दाबी गरे । उनले गठबन्धनको सरकार बन्ने र मुख्यमन्त्री भट्ट नै हुने बताए । भट्टले १२ हजार ११२ मतसहित नेकपा एमालेका पठानसिंह बोहरालाई पराजित गरेका थिए । भट्टलाई मुख्यमन्त्री बनाउनेबारे काँग्रेस र माओवादी नेताहरुले छलफल थालेको बताइएको छ…

Read More

काठमाडौं – नेपाली कांग्रेसले अहिलेसम्म सातै प्रदेश गरी १०८ जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभाका १ सय ७५  निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले हालसम्म १०८ ठाउँमा जित हात पारेको हो । कांग्रेसले प्रदेश १ का २६, मधेसका २५ बागमतीका ४१, गण्डकीका २२, लुम्बिनीका ३१, कर्णालीका १२ र सुदूरपश्चिम प्रदेशका १८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमा​कांग्रेसले प्रदेश १ मा १८, मधेश प्रदेशमा १३, बागमतीमा २४, गण्डकी प्रदेशमा १८, कर्णालीमा ९ र सुदूरपश्चिममा ११ जना प्रदेशसा सदस्य जितेको छ । कांग्रेस उम्मेदवार रहेका बागमतीको दोलखा (१) र (२), गण्डकीको स्याङ्जा २ का (१) र (२) तथा सुदूरपश्चि प्रदेशको बाजुरा (२) को परिणाम आउन…

Read More

बैतडी- बैतडीमा यही मङ्सिर २५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ। मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो। ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट पालिकाको एक टोली सहभागी गराइनेछ। प्रतियोगितामा विजेताले एक लाख २५ हजार रुपैयाँ र ट्रफी, उपविजेताले ७५ हजार र ट्रफी र तेस्रो हुनेले ३५ हजार र ट्रफी पाउनेछ। प्रतियोगिताका खेलहरू दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुने जनाइएको छ। सहभागी टोलीलाई मङ्सिर २० गतेभित्र दर्ता गरिसक्न ट्रष्टले आग्रह गरेको छ। प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको…

Read More

काठमाडौं-  कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ । निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ । यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् । हालसम्म नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन् । 

Read More

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थाल्नुभएको छ । हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गर्नुभएको छ । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो । महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए । सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन कात्तिक २४ गते…

Read More

चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ । प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन् । चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सांघाईको मुख्यसडकमा ठूला अवरोधहरू अझै पनि छन् र प्रहरीले धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न र तिनीहरूको डिभाइसबाट फोटोहरू मेटाउन भनेका छन् । बिहीबार पश्चिमी चीनको उरुम्चीमा रहेको एक अग्लो ब्लकमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शन बढेको छ । कोविड प्रतिबन्धका कारण बासिन्दाहरू आगोबाट बच्न सकेनन् भन्ने विश्वास गरिएको छ । तर, स्थानीय अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन् ।बीबीसीका एक…

Read More