Author: Dipak Dhamala

दार्चुला- दार्चुलामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले अग्रता लिएका छन्। सुरुवाती अग्रता लिइरहेका नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई पछि पार्दै ठगुन्नाले अग्रता लिएका हुन्। १९ हजार १७२ मत गणना हुँदा ठगुन्नाले ९ हजार ३५० मत प्राप्त गरेका छन्। उनलाई बडूले ९ हजार २५ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, राप्रपाका नरेन्द्रसिंह धामीले १४८ मत प्राप्त गरेका छन्।

Read More

कञ्चनपुर- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर (२) प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुर सिंह थापाको अग्रता कायमै छ। २२ हजार ६८६ मत गणना हुँदा थापाले ७ हजार ६६४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृपा राम राजाले ६ हजार ६,६६५ मत ल्याएका छन् । प्रदेशसभा (१)मा पनि नेकपा एमालेका उम्मेदवार बचत बहादुर सिंह अगाडि छन् । २५ हजार २५,६९५ मत गणना हुँदा उनले ७ हजार ९५५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी माओवादीका ओम बिक्रम भाटले ७ हजार ८४३ मत ल्याएका छन्।

Read More

  कञ्चनपुर- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङको अग्रता कायमै छ। उनी दोब्बर मतले अगाडि छन्। १३ हजार ८८९ मत गणना हुँदा तमाङले ७ हजार २५३ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ३ हजार ८०५ मत ल्याएकी छिन्।  प्रदेशसभा (१)मा पनि एमाले उम्मेदवार वीरबहादुर थापा अगाडि छन्। १२ हजार ३ सय ६७ मत गणना हुँदा उनले ६ हजार ३७ मत ल्याएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ३ हजार २९४ मत ल्याएका छन्।  प्रदेशसभा(२)मा नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्ट अगाडि छन्। ९ हजार ९६८ मत गणना हुँदा उनले ३ हजार…

Read More

गए राती गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जिप कुढडाँडामा दुर्घटना हुँदा चार जनाको घटना स्थलमै र एक जनाको उपचार गर्न पाल्पा पठाइएकोमा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सई कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।

Read More

डडेल्धुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित हुनु भएकाे छ । देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित हुनुभएकाे हाे । देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएकाे थियाे । बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत प्राप्त गर्नु भएकाे थियाे ।

Read More

ललितपुर- ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका राणाले २३ हजार८९२  मत पाउँदा एमालेका सिलवाल १९ हजार २६६ मत प्राप्त गरे । ४ हजार ६२६ मतान्तरले राणाले बाजी मारे । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

Read More

पर्सा- पर्सा निर्वाचन क्षेत्र नं १ (क) प्रदेश सभा सदस्य तर्फ माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् । अन्सारीले ७ हजार ८१७ मत प्राप्त गर्दा नेकपा एमाले उम्मेदवार विचारीप्रसाद यादवले ५ हजार २८६ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका अन्सारीले एमाले उम्मेदवार यादवलाई २ हजार २९८ मतले पछि पार्दै विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा २८ हजार २७३ मत खसेको थियो ।  २०७४ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिका नगप्रमुखको उम्मेदवार फेरि २०७४ मै प्रदेशसभा सदस्य सदस्यमा उम्मेदवार रहेका रहवरले तेस्रो प्रयासमा जनप्रतिनिधिमा निर्वाचित भएका छन् । करिव ३७ वर्ष उमेर समूहका अन्सारी…

Read More

काठमाडौं- आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । बुधबार बिहानको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २ लाख ६ हजार ९७३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ८३ हजार ८० मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ९५ हजार १५ मत प्राप्त हुँदा नेकपा माओवादी केन्द्रलाई ८६ हजार ६३२ मत प्राप्त भएको छ । यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ४९ हजार ७०५ मत प्राप्त गरेको छ । यस्तै जसपाले १५ हजार १३५ मत, जनमत पार्टीले…

Read More

दार्चुला-  दार्चुला प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी सन्तोष निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै धामी विजयी भएका हुन्। धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे। यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत ल्याए। २०७४ सालको निर्वाचनमा पनि धामी उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। 

Read More

काठमाडौं- रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा भारी मतान्तरले अगाडि छन् । हालसम्म गणना भएको मतमध्ये शर्माकाे पक्षमा ४ हजार १० मत आएकाे  छ भने उनकाे प्रतिस्पर्धी एमालेका नन्दराम देवकाेटाकाे १ हजार ५९४ मत मात्रै छ । स्वतन्त्र उम्मेदवार तारक केसीले ३९० मत प्राप्त गरेको छन् ।

Read More