Author: Dipak Dhamala

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गरेकाे छ । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्त्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो देशबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटककाे भिड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दु, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोममा रहेकाे होटल…

Read More

काठमाण्डाै – सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो । सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ । भोलि शनिवारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्।

Read More

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए । क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताउनुभयो । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति…

Read More

काठमाण्डाै – यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटीकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । यसपालिको तिहारमा फलफूल र फूलमालाको आयात बढेको छ । यसपालि साढे चार लाख फूलमाला भारतबाट आयात भयो भने साढे २४ लाखभन्दा धेरै फूलमालाको कारोबार भएको छ । फूलमालाको कारोबार हिजो पनि भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ । यस्तै,…

Read More

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उनले बेलायतलाई आशादायी भविष्य प्रदान गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। आफ्नो सरकारी निवासमा उज्यालो पर्व मनाउँदै गरेको तस्विर सामाजिक सञ्जालबाट साझा गर्दै उनले सबैप्रति शुभकामना व्यक्त गरे “आज राति टेन डाउनिङ स्ट्रिटमा भएको दीपावलीको कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित छु, आगामी पुस्ताले आफ्नो भविष्य आशाका साथ हेर्न सक्ने बेलाइत निर्माणका लागि सक्दो प्रयास गर्नेछु”उनले ट्वीट गरेका छन् ।  राजनीतिक उथलपुथलका कारण लिज ट्रसले राजीनामा गरेपछि सात हप्तामा बेलायतको तेस्रो प्रधानमन्त्री बनेका उनले गत मङ्गबार दिएको पहिलो…

Read More

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ समूह ‘१’ मा आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदैछ । आज हुने पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा दिउँसो पौने दुई बजे घरेलु टोली अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुनेछ । आजका दुई वटै खेल मेलवर्नमा हुनेछन् । हिजो भएको खेलमा पाकिस्तान जिम्बाबेसँग १ रनले पराजित भयो । भारतले नेदरल्यान्डलाई ५६ रनले हराएको थियो भने दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।सुपर १२ को समूह ‘१’…

Read More

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएकाे छ । पर्थमा भएकाे खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएकाे हाे । जिम्बावेले दिएकाे एक सय ३१ रनकाे मध्यम लक्ष्य पछ्याएकाे पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्याे । उसका शन मसुदले ४४ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायाे । उसका सेन विलियम्सले ३१ रन बनाए । बलिङतर्फ पाकिस्तानका माेहम्मद वसिमले चार र शदाब खानले तीन विकेट लिए । याे जितसँगै जिम्बावे दुई…

Read More

कैलालीमा जंगली हात्तीको बथानले धानबालीमा नोक्सानी पुर्याएको छ। जिल्लाको गौरीगंगा नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा आएका १० ओटा हात्तीले धानबालीमा नोक्सानी पुरयाएका हुन्। बिहीबार बिहान आएको हात्तीको बथानले किसानले काटेर सुकाउन राखेको धाबाली खाई क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हात्तीले गौरीगंगा १ बस्ने डमादेवी खनालको १० कट्टामा लागाएको धानबाली खाएको बताइएको छ।त्यस्तै, गौरीगंगा-३ बस्ने डम्मर सिंगालको ५ कट्टामा लागाएको धानबाली र वडा नम्बर ४ बस्ने मंगल चौधरीको ३ कट्टामा लगाएको धानबाली खाएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मानवीय क्षति भएको छैन। स्थानीय र प्रहरीको सहयोगमा हात्तीको बथानलाई जंगलतर्फ भगाइएको छ। 

Read More

काठमाडौं- रेशम चौधरीले २६ वर्षपछि जेलमै गीतको रोयल्टी बुझेका छन्। कैलालीको टीकापुरमा भएको प्रहरी र सर्वसाधारण नागरिकको हत्यामा संलग्न रहेको आरोपमा डिल्ली बजार कारागारमा रहेका चौधरीले २०५३ सालमा निकालेको गीति एल्बम ‘हाल खबर’को बुझेका हुन्। उनलाई १७ हजार २१५ रुपैयाँ रोयल्टी मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माले उपलब्ध गराएका हुन्। चौधरीले कारागारबाटै विज्ञप्ति निकालेर लेखेका छन्, ‘करिब २६ वर्षपछि पाएको आफ्नो पारिश्रमिकले मलाई अत्यन्तै उत्साहित बनाएको छ, मैले यो रकम मेरो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई निर्वाचन खर्चका लागि छुट्याएको छुँ।’रेशमकी श्रीमती रञ्जिता नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छिन्। रेशमले बर्दिया–२ बाट दिएको उम्मेदवारी…

Read More

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन सय ५४ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २२ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ६ सय २२ जनामा झरेको मन्त्रालयले जनाएकाे छ ।

Read More