Author: Dipak Dhamala

काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाईँदैछ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । भाइटीकाको मुख्य साइत ११ बजेर ३७ मिनेटमा भएपनि आज दिनैभरी टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साइतमा लगाउनेहरु यतिबेला टीका लगाउन व्यस्त छन् । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले…

Read More

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा जुवाको खालबाट पक्राउ परेका ३३ जना जुवाडेलाई तिहार र छठ पर्व मनाउनका लागि छोडिएको छ । लगातार बिदा परेकाले आउँदो कात्तिक १४ गते कार्यालय खुलेको दिनमा प्रहरीमा हाजिर हुनेगरी चार्डपर्व मनाउन छोडिएको हो । तिहार, छठ पर्व भएकाले र यसै बीचमा बिदा पनि परेकाले कार्यालय खुलेको दिनमा हाजिर हुनेगरी छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेकालाई अनुसन्धान अधिकृत र सरकारी वकिलको समन्वयमा आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई मंगलवार राति प्रहरीले…

Read More

दैलेख – दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ नौमुल बजारमा रहेको एउटा कपडा पसलमा आगलागी भएको छ । बिसाखर प्याकुरेलको कपडा पसलमा गएराति आगलागी भएको हो । आगलागीबाट झण्डै ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय नौमुलेको प्रारम्भिक अनुमान छ । पसलमा बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय नौमुलेका प्रहरी प्रमुख तेजबहादुर बुढाथोकीले बताउनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । कपडा पसल भएको घरमा नौमुले गाउँपालिकाको कार्यालय समेत रहेको छ ।

Read More

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् । सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए । जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । मंगलबारदेखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी डिएसपी श्रीमलले बताए । बेंसीशहरमा १० दिनसम्मको तालिम लिएपछि निर्वाचन लक्षित सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिइएको हो ।

Read More

काठमाडौं- कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बुधबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाईको १९ वर्षीय छोरा कमल बजगाइको करेन्ट लागेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मृतक बजगाइ घरमा तिहारको झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उनी बत्ती लगाउने बेला तार सर्ट भएर अचानक टिनको ढोकामा बजारिएका थिए। त्यसपछि घाइते बजगाइलाई उपचारको लागि स्थानीय अस्पताल लालरत्न लम्कीमा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनााएको छ।

Read More

बाजुरा- बाजुराको हिमाली गाउँपालिका –४ बोर्ताका ११३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। असोज २३ देखि २६ गते सम्म लगातार परेको अविरल वर्षाका कारण हिमाली गाउँपालिकाका झण्डै ११३ परिवारहरू बाढीपहिरोबाट प्रभावित बनेका थिए। सामाजिक अभियन्ता रिता शाहीले गाउँपालिकाको समन्वयमा बाढीपहिरोबाट प्रभावित बनेका बोर्ताका ११३ परिवारलाई चामल, नुन, तेल र भाँडा लगायतका खाद्यान्न सामग्री वितरण गरेको बताइन्। हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले पनि हिमाली गाउँपालिका बाढीपहिरोबाट प्रभावित परिवारलाई हिमाली गाउँपालिकाको पहलमा तथा समन्वयमा विभिन्न ठाउँबाट राहत वितरण गर्दैआएको बताए। योभन्दा पहिला हिमाली गाउँपालिकाले बोर्ताका ११३ परिवारलाई नुन, चामल, दाल, कपडा, भाँडा र त्रिपाल वितरण गरेको उनको भनाइ छ। हिमाली गाउँपालिका…

Read More

काठमाडौं- कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए । “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उनले भने, “डेढ विघाहमा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्किए ।” ४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यवसायिक खेती गरेका छन् । तिहारमा बजारमा फुलका माला तिहारको दुई दिनमै सकिएका व्यापारीहरुले बताउँछन् । …

Read More

काठमाडौं- इन्डोनेसियामा हराइरहेकी एक जना महिलाको शव सर्पको पेटभित्र भेटिएको छ। द गार्डियनका अनुसार सुमात्रा टापुमा पर्ने  जाम्बु प्रान्तकी ती महिला रबर खेतीमा काम गर्थिन्।  ५४ वर्षकी जहरा आइतबार बिहान काम गर्न घरबाट हिँडेकी थिइन्। साँझ उनी घर नफर्किएपछि श्रीमानले उनको खोजी थालेका थिए। बारीमा उनले श्रीमतीका चप्पल, ज्याकेट, रूमाल र चक्कु फेला पारेपछि छिमेकीलाई बोलाएका थिए। प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्प देखिएको थियो। उक्त सर्पको पेट फुलेको देखेपछि शंका लागेर त्यसलाई समातेर पेट चिर्दा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। पाइथन सर्प सात मिटरसम्म लामो हुन्छ। यसले आहाराका रूपमा स-साना जनावरलाई…

Read More

बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३–० गोलले पराजित भयो । त्यसअघि भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४–० गोलले पराजित गरे लगत्तै बार्सिलोना बायर्न म्युनिखसँग खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा बार्सिलोना पराजित भएको हो । दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई हराएपछि जर्मन टोली समूह ‘सी’ को विजेता बनेको छ । बायर्नका साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरे । बायर्नको पाँच खेलमा १५ अंक छ । समान खेलमा इन्टर मिलानको १० अंक छ । मिलान दोस्रो स्थानमा छ ।…

Read More

आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज तीन वटा खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका बंगलादेश, दक्षिण अफ्रिका, भारत, नेदरल्यान्डस्, पाकिस्तान, जिम्बाबेको खेल रहेको छ । आजको पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका बिहान पौने ९ बजे सिड्नीमा खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने १ बजे सिड्नीमै भारत र नेदरल्यान्डस्बिच खेल हुँदैछ । आज हुने तेस्रो खेलमा पाकिस्तान र जिम्बाबे पर्थमा दिउँसो पौने पाँच बजे खेल्दैछन् । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड,…

Read More