Author: Dipak Dhamala

काठमाडौं – कैलालीमा घरमाथीबाट पहिरो खस्दा दुई जना घाइते भएका छन्। जिल्लाको चुरे गाउँपालिका र टीकापुर नगरपालिकामा घर भत्किदा दुई जना घाइते भएका हुन्। चुरे गाउँपालिका–३ सहजपुर बस्ने रामप्रसाद सापकोटाको टिनले छाएको घर माथिबाट आएको पहिरोले भत्किदा ८ वर्षीय छोरा आयुष घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। यस्तै टिकापुर नगरपालीका २ बिजयनगर बस्ने २२ वर्षीय शिसिर चौधरीको कच्ची घर भत्किदा उनी घाइते भएका छन्।

Read More

काठमाडौं – अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ।  कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको उनले बताए। अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए। वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए।

Read More

दिपक धमाला काठमाडौं – अविरल बर्षाका कारण अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा आज बिहान करिब ४ बजेतिर बस्ती माथितिर बाट पहिरो जादा २ वटा घर पहिरोमा पुरिएर ९ जना को मृत्यु छ । घटना स्थलमा रहेका स्थानीय रमेश शाहिले जानकारी दिनुभयो । यस्तो आपत बिपत्तमा पनि अहिलेसम्म प्रहरी घटना स्थलमा पुग्न सकेको छैन । घटनाबारे थप क्षतिको विवरण आइसकेको छैन ।

Read More

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती खान नपाइने भएको छ । महानगरपालिकाले अस्ति बिहीवार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको हो । सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ । कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ का आधारमा कारबाही र जरिबाना तिराइने जनाएको छ ।

Read More

काठमाण्डाै -कैलालीको पूर्वी क्षेत्रका ५ सय बढी घर डुवानमा डुवानमा परेका छन्।बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण पूर्वी क्षेत्रका ५ सयभन्दा बढी घर डुवानमा परेका हुन्।  जिल्लाको भजनी नगरपालिका-८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।  यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।  यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका २५० घर डुवानमा…

Read More

काठमाडौं- काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ । काठमाडौं महानगरपालिका नगरसभाको ११ औं अधिवेशनले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्व्यन गर्ने नीति पारित गरेको थियो ।…

Read More

काठमाण्डाै – महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्नेछ ।  महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा  निर्णय गर्ने बताएका छन् ।  उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई  अन्तिम रुप दिइने बताए ।  उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले त्यसलाई हेरिरहेको जानकारी दिए । जबराको सम्पत्ति विवरणको सम्बन्धमा आज प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए ।

Read More

काठमाण्डाै – आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् । विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

Read More

काठमाण्डौ – कैलालीको कान्द्रा नदी आसपासका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ। नदीमा जलसतहले खतरा तह पार गरेको र अझै जलस्तर बढ्ने भएकाले सर्तक रहन आग्रह गरिएको हो। होचा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

Read More

काठमाण्डौ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।साथै  भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ। हाल देशको प्रदेश १, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्यतया  बदली   रहेको छ । प्रदेश १, मधेस प्रदेश, कर्णाली , सुदूरपश्चिम , बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। शनिबार देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, लुम्बिनी प्रदेशका र…

Read More