Author: Dipak Dhamala

काठमाडौं- बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीका १३ वर्षीय पारस धनाडी चितुवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले धनाडीमाथि बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको प्रहरी प्रवक्ता जोशीले बताए। उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको बताइएको छ। धनाडीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा लगिएको छ। बैतडीमा २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ भने ११ जना भन्दा बढी घाइते भएका छन्। यस्तै २०७४ साल यता बैतडीमा १२ चितुवा मारिएका छन्।

Read More

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ । सत्र व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ । सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपिल गरेको थियो । सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ । काभ्रेमा भने सरकारले उजुरी दिन आह्वान गर्नु अगावै केही…

Read More

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको बताएका छन् ।  आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले भने -“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन ।”  यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए ।

Read More

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई)को अनुसन्धानमा आफ्नो घरबाट बरामद गरिएका फाइलबारे कानुन मन्त्रालयले अनुसन्धान रोक्न न्यायाधीशलाई अनुरोध गरेका छन् । मार–ए–लागोबाट एजेन्टले जफत गरेका कागजातबारे निरीक्षण गर्न एउटा स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने उनको कानुनी समूहले अदालतमा गरेको एउटा निवेदनमा माग गरिएको छ । ​एफबीआईका अनुसार ८ अगस्टमा ट्रम्पको घरजग्गाबाट एघार सेट वर्गीकृत फाइलहरू लगिएको थियो । कागजातहरू गलत ह्यान्डल गरेको आरोपमा ट्रम्पमाथि अनुसन्धान भइरहेको छ । जफत गरिएका कागजातमाथि कार्यकारी विशेषाधिकार छ वा छैन भन्ने बारेमा सोमबार उनका वकिलहरूले एक विशेष मास्टर भनेर चिनिने तेस्रो–पक्ष न्यायाधिवक्ता नियुक्त गर्न माग गरे । यस अधिकार अन्तर्गत निश्चित सञ्चार सार्वजनिक गर्नबाट…

Read More

दाङमा आज बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । प्रहरीका अनुसार टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् । आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ । आगजनी कसले ग-यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।प्रहरी प्रमुख काफ्लेले टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

Read More

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन  केन्द्रीय तहका बैठकहरू आजबाट सुरु हुने भएको छ । आज स्थायी कमिटी बैठक बोलाएको एमालेले भदौ ९ गते पोलिटब्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ । आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतका बिषयमा छलफल गर्नेछ । 

Read More

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार खडा गर्ने भएको छ । हालसम्म प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको रेशम चौधरीले जानकारी दिए । अहिले आफूलाई भेट्न आउने करिब ४० प्रतिशतले टिकट माग्ने गरेको बताउँदै उनले भने, ‘स्थानीय चुनावमा टिकट लिनोस भनेर हात जोड विन्ती गर्दा पनि उम्मेदवार पाउन गाह्रो थियो, अहिले टिकट कसलाई पो दिने भन्ने गाह्रो अवस्था आएको छ ।’  नागरिक उन्मुक्ति पार्टीले हालसम्म ४१ जिल्लामा उम्मेदवारी दिने तय भैसकेको जानकारी पनि रेशम चौधरीले…

Read More

दिपक धमाला काठमाडौं- लघुवित्तिय संस्थाहरुलाई खारेजिको माग राख्दै आउँदो असोज २५ गते देशभरीकालाखौं पीडितहरुले राजधानीको सिंहदरबार घेर्ने घोषणा गरेका छन् । सोमबार ‘लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति’ले काठमाडौंको संवादडबलीमा पत्रकार सम्मेलन गरीपीडितहरुको न्याय र लघुवित्तिय संस्थाहरु खारेज नगरे आन्दोलन चर्कने उद्घोष समेत गरेका छन् । संघर्ष समितिका केन्द्रीयअध्यक्षमनिरामज्ञवालीले कैलालीकी रेश्माचौधरी लगायतकाहजारौंलाई आत्महत्या र लाखौंलाई घरबार विहिनहुनबाध्यपार्ने अमानवियलघुवित्तिय संस्थाहरु नेपाली समाजलाई विकृत बनाउनउदद्त रहेको आरोप लगाएकाछन् । ज्ञवालीले देशभरी करिब ५८ लाखलघुवित्तका सदस्य र ३३ लाखऋणीरहेकोले लघुवित्तहरु अराजकता रोक्नपीडितहरुको ऋणमिनाहा र लघुवित्तहरुलाई खारेज गर्नुको विकल्प नरहेको बताए । समाजवादउन्मुख नेपाली समाजभनेर उद्घोष गरेको वर्तमान सरकारले पीडितहरुलाई न्यायनदिएआफूहरुले सडकबाटन्यायदिनबाध्यहुने चेतावनीदिए । रेश्माचौधरीलाई आत्महत्यागर्न…

Read More

काठमाडौं- डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरिएको सो पार्टीका अन्य नेताले जनाएका छन् । नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई बिना कारण गिरफ्तार गरिएको बताए । आफूहरुको बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए । नेकपाले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बन्दको घोषणा गरेको हो । सो पार्टीले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजी र बन्दी रिहाइ गर्नुपर्ने, राजनीतिक समस्यालाई राजनीतिक ढंगले समाधान गर्नुपर्ने लगायत…

Read More

काठमाडौं- गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ । जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गरिने उनले बताए । भदौ ९ गते उसुको घिरिङमा, बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ । त्यस्तै भदौ १० गते फुटबल, भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, कबड्डीको  दमौली र तेक्वान्दोको खैरेनीटारमा…

Read More