Author: Dipak Dhamala

काठमाडौं- देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश–१ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  भारी वर्षाको समेत सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावकाे जोखिम रहनुको साथै…

Read More

काठमाडौं- भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको राजदूत शर्मा बताए । गृहमन्त्री शाहसँग भेटेर कुरा गर्न पाउँदा खुसी लागेको राजदूत शर्माको प्रतिक्रिया छ । शर्माले  असारमा भारतीय सेना प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गरेका थिए ।  यस्तै राजदूत शर्माले साउनमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । पछिल्लो समय राजदूत शर्माले भारतीय पक्षको भेटवार्तालाई तीव्रता दिएको देखिन्छ ।

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ३३ पैसा र बिक्री दर १५० रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९३ पैसा र बिक्री…

Read More

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।  हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताइन् ।  “महिला विरुद्ध हुने सबै…

Read More

काठमाडौं- सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ ।  सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा.रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। विधेयक पारित भएसँगै प्रदेश निजामती सेवालाई व्यावसायिक, मर्यादित, सक्षम र सुदृढ बनाउने बाटो खुलेको छ । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रतिपक्षी नेकपा (एमाले) का कृष्णराज सुवेदीले विधेयक विवादित भएकोले फिर्ता लिनुपर्ने बताएका थिए ।  निजामती सेवाको गठनसम्बन्धी यो विधेयक वि.सं २०७८ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो । सङ्घीय सरकारले निजामती सेवासम्बन्धी विधेयक पारित नगर्दै सुदूरपश्चिम प्रदेशसभाले…

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागी नमराज न्यौपानेको एकल नाम सिफारिष भएको छ । आइतबार मंगलसेनमा बसेको पार्टीेको जिल्ला कमिटी बैठकले उनको नाम सिफारिष गरेको हो । पार्टीको जिल्ला उपसचिव समेत रहेका न्यौपाने युवाहरु माझ लोकप्रीय छन् । आइटी क्षेत्रमा विज्ञता हासिल गरेका न्यौपाने जनताको सेवाको लागि राजनितिमा आएका थिए । सरल स्वभाव भएका न्यौपाने कुशल संगठक रुपमा अछाममा चिनिन्छ ।यस्तै प्रदेश सभाका दुुइवटै क्षेत्रका उम्मेद्वारको नाम समेत प्रदेश कमीटीमा सिफारिष गरेको छ । अछाम क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क) डवल चलाउने , दुर्गा बोहरा र इन्जिनियर दिपक विष्ट…

Read More

काठमाडौं-  आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ ।  आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउनु हुने, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेस गर्ने, ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९’ पेस गर्नुहुने, कानून,…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले  बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । बैठकलेचितवन-१ मा कन्चन खनाल, चितवन – २ मा घनश्याम दाहाल र चितवन – ३ मा  रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिएको छ । माओवादीले काठमाडौं -१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल १० मा अञ्जना विसङ्खेमा…

Read More

काठमाडौं-  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.०९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.४९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५४…

Read More

काठमाडौं-  नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।  बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् । यसैगरी,  बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णयसमेत बैठकले गरेको छ ।

Read More