काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागी नमराज न्यौपानेको एकल नाम सिफारिष भएको छ । आइतबार मंगलसेनमा बसेको पार्टीेको जिल्ला कमिटी बैठकले उनको नाम सिफारिष गरेको हो ।
पार्टीको जिल्ला उपसचिव समेत रहेका न्यौपाने युवाहरु माझ लोकप्रीय छन् । आइटी क्षेत्रमा विज्ञता हासिल गरेका न्यौपाने जनताको सेवाको लागि राजनितिमा आएका थिए । सरल स्वभाव भएका न्यौपाने कुशल संगठक रुपमा अछाममा चिनिन्छ ।
यस्तै प्रदेश सभाका दुुइवटै क्षेत्रका उम्मेद्वारको नाम समेत प्रदेश कमीटीमा सिफारिष गरेको छ । अछाम क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क) डवल चलाउने , दुर्गा बोहरा र इन्जिनियर दिपक विष्ट सिफारिस भएका छन् ।
यस्तै प्रदेश (ख) तर्फ केन्द्रिय सदस्य शंकर भण्डारी, नवराज साउद र नयन सोडारी सिफारिस भएका छन् । यस्तै प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक तर्फ बिन्द्रा साउद, बलबहादुर सोडारी, योगेन्द्र विष्ट र भक्त शाहीलाई सिफारिस गरिएको छ ।
प्रदेश सभा सदस्य तर्फ समानुपातिकमा देवकला चलाउने, केशरी रेग्मी, कृष्णा न्यौपाने, इन्द्र जैगडी र कल्लान बोगटी सिफारिस भएका छ्न ।
Facebook Comments Box