नेपाली सेनामा ४ हजार ५ सय जनाको लागि आवेदन खुला गरिएको छ । शुक्रबार सूचना प्रकाशन गर्दै सेनाले ४५ सय जनशक्तिका लागि आवेदन खुला गरेको हो । माग गरिएकामध्ये खुलातर्फ २ हजार ३५१ संख्या छ । यस्तै, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ । यीमध्ये सबैभन्दा धेरै काठमाडौं, सुर्खेत, कास्की र बुटवलमा ३५०/३५० माग गरिएको सूचनामा उल्लेख गरिएको छ । यस्तै, सुनसरीमा ३०० र बाँकेमा २५० जनाका लागि आवेदन माग गरिएको छ । छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाका अनुसार इच्छुकले अनलाइनमार्फत फारम भर्नसक्ने छन्…
Author: Dipak Dhamala
धनगढीः कैलाली जिल्लाको कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। तलब भत्तालगायत तीन बुँदे मागसहित गाउँपालिकाका स्वास्थ्यकर्मीले अध्यक्ष राजसमझ चौधरीलाई बिहीवार ज्ञापनपत्र बुझाएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत नरेशकुमार चौधरीले बताए। स्वास्थ्यकर्मीहरुले विगत ३ महिनादेखि बाँकी रहेको तलव भत्ता यथाशिघ्र पाउनुपर्ने, चालु आर्थिक बर्षको बाँकी तलव व्यवस्थापन गर्नुपर्ने, साथै आगामी आ.व. २०८०÷०८१ कोलागि संघीय सरकारबाट बजेट व्यवस्था भएर नआउँदा सम्म मासिक रुपमा स्थानीय तहदेखि तलव भुक्तानीको ग्यारेन्टी भएर आउनुपर्ने लगायतका माग गरेर ज्ञापनपत्र बुझाइएको चौधरीले बताए।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गतेदेखि लिने तयारी गरेको स्नातक तह प्रथम वर्षका परीक्षा एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले परीक्षा सुरू हुने तालिका वैशाख १६ गतेलाई सारेको हो । वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उक्त दिन बिहान ७ बजेदेखि व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा लिने तालिका थियो । अब यी परीक्षाहरु वैशाख १० गते सञ्चालन नगरी वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख…
काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग खेल्दैछ । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मङ्गलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । त्यस्तै, बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । समूह चरणका अन्य खेल एकदिवसीय मात्रका भए पनि यो खेल भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ । नेपाल र ओमानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यो खेल नेपालको ५०औँ ओडीआई रहेकाले पनि नेपालको लागि विशेष रहनेछ । त्यस्तै, एसीसी प्रिमियर कपको आजको अर्को खेलमा मूलपानीमा यूएई र हङकङबीच खेल हुनेछ ।…
वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल भारत सीमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो । यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ । कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो । दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरिखोलामा बसाइँ सरेर सर्मी गाउँ निर्माण भएको कथन छ । सर्मीमा कस्तुरी, झारल, बाज, च्याखुराजस्ता पशुपक्षी हुने हुँदा सिकारीका लागि उर्वर क्षेत्र मानिन्थ्यो । ४ दशकअघिसम्म पनि भेरिखोलामा बाज, कस्तुरी, झारललगायतका पशु पक्षीको सिकार गरिन्थ्यो । सरकारले बाजको व्यापारमा कर नै तोकेको थियो । बाज भारतीय नागरिकलाई बिक्री गरिन्थ्यो, उनीहरूले बाजलाई मोती टिप्ने काममा प्रयोग गर्थे । स्थानीय प्रेम रावलले सुनाए, ‘च्याखुरा खेल्ने ठाउँ, बाजको खेल्ने थलो, कस्तुरी बस्ने भुरिचुला,…
काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन…
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो । सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी-ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी-ट्याङ्क माइनहरू र एटी-४ एन्टी-आर्मर हतियारहरू पनि समावेश रहेको बताएका छन् । उक्त युद्ध सामग्रीहरू युक्रेनद्वारा कब्जा गरिएका क्षेत्रहरूमा रहेका रुसी स्थल सेनाहरूलाई पछाडि धकेल्न आवश्यक हुने बताइएको छ। युक्रेनको…
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा ‘लिफ्ट प्रविधि’ को प्रयोग गरेर पानी तानिँदै छ। अमरगढी नगरपालिलका–८ मा रहेको डौउडा खोलाको पानी लिफ्ट प्रविधिबाट उग्रतारा मन्दिरमा पुर्याउन लागिएको हो। डडेल्धुरा खानेपानी आयोजनाअन्तर्गत लिफ्ट प्रविधिको प्रयोग गरेर लटाउली, खनमडा र टाँटरलगायतका बस्तीमा पानी पुर्याइने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ। आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर धिरज ऐरले जानकारी दिए। उनका अनुसार आयोजना सम्पन्न गर्नका लागि कूल लागत अनुमान ३ करोड ५ लाख ३७ हजार रहेको छ । हालसम्म १ करोड ३ लाख बराबरको काम सकिएको इन्जिनियर ऐरले बताए। ‘सोलार सिस्टमको प्रयोग गर्दै…