धनगढीः कैलाली जिल्लाको कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। तलब भत्तालगायत तीन बुँदे मागसहित गाउँपालिकाका स्वास्थ्यकर्मीले अध्यक्ष राजसमझ चौधरीलाई बिहीवार ज्ञापनपत्र बुझाएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत नरेशकुमार चौधरीले बताए।
स्वास्थ्यकर्मीहरुले विगत ३ महिनादेखि बाँकी रहेको तलव भत्ता यथाशिघ्र पाउनुपर्ने, चालु आर्थिक बर्षको बाँकी तलव व्यवस्थापन गर्नुपर्ने, साथै आगामी आ.व. २०८०÷०८१ कोलागि संघीय सरकारबाट बजेट व्यवस्था भएर नआउँदा सम्म मासिक रुपमा स्थानीय तहदेखि तलव भुक्तानीको ग्यारेन्टी भएर आउनुपर्ने लगायतका माग गरेर ज्ञापनपत्र बुझाइएको चौधरीले बताए।
Facebook Comments Box