डोटी: डोटी जिल्लाको आदर्श गाउँपालिका–४ मा भएको आपसी झगडामा दुई जना घाइते भएका छन् भने एक बोलेरो जिपमा तोडफोड र आगजनी भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता नवराज रावलका अनुसार आइतबार राति पौने ११ बजे सोही गाउँपालिका–४ निवासी अशोक रोकाया र सन्तोष भाटबीच विवाद हुँदै कुटपिटमा परिणत भएको हो। घटनाबारे ११ बजे प्रहरीलाई जानकारी प्राप्त भएपश्चात टोली घटनास्थल पुगेको थियो। घटनामा दुवै जना घाइते भएका छन्।
त्यसक्रममा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४११८ नम्बरको बोलेरो जिपमा तोडफोड तथा आगजनी भएको छ। आगजनीबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box