Author: Dipak Dhamala

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार विहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ । सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय लागेको हो । सम्पत्ति शुद्धीकरणका नेतृत्व सम्हालिसकेका प्रेमप्रसाद भट्टराई, राष्ट्र बैंकको निर्देशक हरि नेपाल, नेपाल कानुन आयोगका अध्यक्ष तथा पूर्व कानुनमन्त्री माधव पौडेल, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी र  सर्वोच्च  बार एशोशिएसनका कार्यसमिति सदस्य रेशम रेग्मीलाई बैठकमा बोलाइएको छ । लेखकका अनुसार उनीहरुले…

Read More

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब बार्सिलोनालाई नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बिहीबार राति २–१ ले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम १६ मा पुगेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए । युनाइटेडको घरेलु मैदानमा खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । युनाइटेडका लागि खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए ।

Read More

मान सिह धामी, दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर – ६ उकुकाे सिरानमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक महलको भग्नावशेष पुनःनिमार्णको पर्खाइमा रहेको छ। उकु महलकाे निर्माणकाे समयकाे बारेमा तथ्यपरक खाेज अनुसन्धान गरि पत्ता लगाउनु महत्वपूर्ण हुनेछ । अभयपालकाे डाेटीतिर राज्य स्थापना गरेकाे समय कमाउँकाे ईतिहास (बद्रिदत्त पाण्डे) मा सन १२७९ (सम्वत् १३३६) लाई उल्लेख गरेकाे पाइन्छ । अभयपालकाे डाेटी राज्यकाे स्थापना, सुदृढीकरण गर्दै अजयमेरु दरवार निर्माण गरेपछि उकुतिर राज्य बिस्तार गर्दै उकु महल निर्माण, अाठ खस राजाहरुलाई हराई सकेपछि मात्र अस्काेटकाे राज्य स्थापना गरेका हुन् । यसरी अस्काेट विजयकाे समय भन्दा अघि उकु महलकाे निर्माण भएकाे हाे । मध्यकालीन कत्युरी…

Read More

काठमाडौं: श्री केदारनाथ धाममा पदयात्रा सुरु गर्नका लागि बाटो सफाई गरिन थालिएको छ। धाम पैदलयात्राका लागि पैदलमार्ग सफा गर्न लागिएको हो। अहिले मार्गमा रहेको बर्फ (हिउँ) हटाउने कार्य चलिरहेको बताइएको छ। श्री केदारनाथ धामको कपाट भने अप्रैल २५मा खोलिने छ।

Read More

अछाम- अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने ५२ वर्षीय दाने कामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। उनी आफ्नै घरबाट करिब १ सय मिटर टाँढा नाउलो भन्ने ठाँउमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान ८ बजे शीर्ष नेताको बैठक बस्न लागेको हो । कांग्रेस महामन्त्री गगन थापाका अनुसार बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ । कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाला राष्ट्रपतिको बलियो दाबेदारमा रुपमा अगाडि आएका छन् । राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउने आधारबारे पार्टीभित्र छलफल गरेर सभापति देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्ने छन् । आज विहान १० बजे कांग्रेस, माओवदी, एकीकृत समाजवादी र जसपाबीच छलफल हुने छ ।

Read More

काठमाडौँ – राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ ।  आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।   अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू भने सहमति जुटाउने अन्तिम कसरतमा जुटेका छन् ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।  आज पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजे बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन । पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेको छ । यस विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ ।

Read More

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँवानेश्वर स्थित सङ्घीय संसद् भवनमा बस्नेछ । बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ । त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।  

Read More

काठमाडौं– राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेको बेला नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने अजेन्डालाई प्राथमिकतामा राखेर छलफल  हुने छ ।  बुधबार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो । सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले प्रधानमन्त्री प्रचण्डसँग छलफल हुने बुझिएको छ ।

Read More