Author: Dipak Dhamala

काठमाडौं – १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप–२०२३ भारतमा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति र ठाउँ तय हुन बाँकी नै छ । माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।

Read More

काठमाडौँ  – अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ। ‘जीवन रक्षा : तपाईको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो। हरेक ३ मिनेटमा विश्वभरमा एक बालबालिकाको क्यान्सरले गर्दा  मृत्यु हुने गरेको छ । यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्छौ ।  हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसङ्ख्याहरूमा क्यान्सर हुने गरेको पाइन्छ।  उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय…

Read More

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला तथा नीतिगत भ्रष्टाचारमा संलग्न हुने सरकारी अधिकारीलाई अकुत सम्पत्तिमा छानबिन गर्न सकिने बताए पनि राजस्व, भन्सार र कर कार्यालयका उच्च पदस्थ सधैँ उम्कँदै आएका छन् । राजस्व, भन्सार र कर कार्यालयका उच्च कर्मचारीले व्यापारीबाट बुझेको करोडौँ रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको स्रोतको दाबी छ । लामो समयदेखि यो क्रम जारी रहे पनि यसलाई रोक्न कुनै विशेष पहल हुन सकेको छैन । स्रोतका अनुसार व्यापारीसँगको सेटिङमा राजस्व चुहावट तथा छलीमा संलग्न हुने कैयौं कर्मचारीलाई व्यापारीले बक्सिस स्वरूप ठूलो परिमाणमा रकम दिने गरेका छन् । सो रकम कर्मचारीले हुन्डीमार्फत विदेश लैजाने गरेको दाबी…

Read More

डडेल्धुरा: डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामी रहेको इलाका प्रहरी कार्यालय, जोगबुढाले जनाएको छ। मंगलबार बिहान घाँस काट्ने क्रम गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले जानकारी दिए। उनका अनुसार धामी भीरबाट करिब एक सय मिटर तल खसेकी थिइन्। उनको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुडा ल्याइएको प्रहरी निरीक्षक निरीक्षक बडूले बताए। धामी गाउँका अन्य महिलासँगै घाँस काट्न गएकी थिइन्।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् । मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले नेपालमा अन्य उद्योगहरू भन्दा पनि कृषिमा आधारित उद्योगको बिस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राखे । उनले मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रवर्द्धन र विकसित गर्न आवश्यक रहेको बताए । उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको बिस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवाद…

Read More

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेकाे छ । नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले ७२, सन्दीप जाेराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकाेल लाेफ्टी–एटनले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायाे । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३…

Read More

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको छ । मङ्गलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर गर्नुभयाे । एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताउनुभयो । उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेकाे दाबी गर्नुभयाे । उहाँले भन्नुभयो – ‘हामीले…

Read More

काठमाडाैँ- सरकार र आन्दोलित यातायात मजदुर संगठनहरूबीच वार्ता सुरु भएकाे छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार बिहान केहीबेरअगाडि दुई पक्षीय वार्ता सुरु भएकाे हाे। यातायात विभागका महानिर्देशक तुलसी गौतमले मजदुरहरूको माग सम्बाेधन गर्ने जानकारी दिए। यातायात मजदुर संगठनहरूले आज उपत्यकामा बन्द हडताल गरेका छन्। आफूहरूका १० बुँदे माग सम्बोधन नभएसम्म गाडी नचलाउने घोषणा गरेका छन्। हिजाे ट्राफिक नियमविरुद्ध आन्दोलित भएका यातायात मजदूरहरुले काठमाडौँको बालाजुमा प्रहरीका दुईवटा भ्यानमा आगजनी गरेका थिए। यस्तै, बालाजुको माछापोखरीस्थित अस्थायी प्रहरी बिट पनि जलाएका थिए। ट्राफिक जरिवाना बढाइएको, प्रदूषण जाँचका नाममा जरिवाना असुल्न थालिएको, चालकको ट्राफिक लाइसेन्स निलम्बन गरिएको भन्दै उनीहरूले आन्दाेलन गरेका हुन्।

Read More

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन अनेरास्वियुको महाधिवेशन आज मंगलबारदेखि सुरु हुँदैछ। सात वर्षपछि अहिले अखिलको महाधिवेशन हुन लागेको हो। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा सहभागी हुन देशभरिबाट १ हजार ८० जना प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिइन्। अध्यक्षको लागि लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन्।

Read More

काठमाडौं- विश्वकप क्रिकेट लिग डिभिजन टू अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालमा आज मंगलबार नामिबियासँग खेल्दैछ । नेपाल र नामिवियाबीचको खेल विहान नौ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग शुक्रवार खेल्नेछ । नेपालले शनिवार नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्यान्डसँग फागुन ९ गते पुनः खेल्नेछ । शृङ्खलाअन्तर्गत स्कटल्यान्डले विश्व कप लिग–२ मा अन्तिम चार खेल नेपालमा खेल्दैछ । स्कटल्यान्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्व कप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ । शृङ्खलामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने…

Read More