काठमाडाैँ- सरकार र आन्दोलित यातायात मजदुर संगठनहरूबीच वार्ता सुरु भएकाे छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार बिहान केहीबेरअगाडि दुई पक्षीय वार्ता सुरु भएकाे हाे।
यातायात विभागका महानिर्देशक तुलसी गौतमले मजदुरहरूको माग सम्बाेधन गर्ने जानकारी दिए। यातायात मजदुर संगठनहरूले आज उपत्यकामा बन्द हडताल गरेका छन्। आफूहरूका १० बुँदे माग सम्बोधन नभएसम्म गाडी नचलाउने घोषणा गरेका छन्।
हिजाे ट्राफिक नियमविरुद्ध आन्दोलित भएका यातायात मजदूरहरुले काठमाडौँको बालाजुमा प्रहरीका दुईवटा भ्यानमा आगजनी गरेका थिए। यस्तै, बालाजुको माछापोखरीस्थित अस्थायी प्रहरी बिट पनि जलाएका थिए। ट्राफिक जरिवाना बढाइएको, प्रदूषण जाँचका नाममा जरिवाना असुल्न थालिएको, चालकको ट्राफिक लाइसेन्स निलम्बन गरिएको भन्दै उनीहरूले आन्दाेलन गरेका हुन्।
Facebook Comments Box