Author: Dipak Dhamala

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ ग्रहण हुँदैछ । राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रमको शपथको सम्पुर्ण तयारी सकिएको छ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी प्रतिस्पर्धी नेकपा (एमाले) का…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।   मंगलबार पनि देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं – नेपाल टेलिकमको केन्द्रीय कार्यलयको डिजिटल बोर्डमा गम्भीर लापरबाही भेटिएको छ । आम नागरिकलाई नेपाल टेलिकमका आधिकारिक सूचना तथा जानकारी सम्प्रेषण गर्न जडान गरिएको डिजिटल बोर्डमा गम्भीर लापरबाही भेटिएको हो । नेपाल टेलिकमको केन्द्रीय कार्यलयको बाह्य परिसरमा टाँसिएको बोर्डमा देखाइएको घडीको समयमा १७ मिनेटको फरक देखिएको छ । नेपाल टेलिकम जस्तो जिम्मेवार कार्यालयको डिजिटल बोर्डमा गलत समय देखाइएको विषय सार्वजनिक भएसँगै सामानिक संजालमा विभिन्न टिका टिप्पणी हुन थालेका छन् ।नेपाल टेलिकमको केन्द्रीय कार्यलयको भिजिविलिटी बोर्डमा जहाँ ४ः४५ मिनेटमा ५ः०२ मिनेट देखाएको छ । यस्तो गलत समय कस्लाई देखाउनलाई सेटिङ गरेको होला । यतिका बिज्ञ कर्मचारी हुदाहुदै यो समय मिलाउन…

Read More

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको छ ।  नेपालका आसिफ शेख दोस्रो ओभरको पाँचौं बलमा आउट भए । उनलाई आर्यन लाकरले बोल्ड आउट गराए ।

Read More

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेपालविरुद्ध यूएईले केही बेरमा बलिङ गर्नेछ । नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । नेपालले उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई स्थान दिएको छ ।  नेपाल आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । सोझै विश्वकप छनोट खेल्न पनि नेपाललाई आजको जित महत्वपूर्ण छ ।

Read More

काठमाडौँ – देशभरका १८ वटा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) निर्विरोध निर्वाचित भएको छ । पछिल्लो रिपोर्टअनुसार १८ वटै क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्व स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएको हो । रिपोर्टअनुसार जुम्लाको सिन्जा बहुमुखी क्याम्पसमा सन्तोष आचार्य सभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने स्यार्पु बहुमुखी क्याम्पस रुकम पश्चिममा किरण विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै अन्य १६ वटा क्याम्पसमा पनि अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचित भएको छ ।  त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयमा  चैत ५ गते हुने स्ववियू निर्वाचनका लागि  शनिबार बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म  विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।। को कहाँ निर्वाचित भए ? तलको सूची हेर्नुहोस् : १ सिन्जा…

Read More

काठमाडौँ – चैत ४ गतेत्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ । यसैगरी उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ । निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी भएको थियो । सो क्रममा केही क्याम्पसमा विवाद समेत भएका थिए । स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८…

Read More

काठमाडौं । नेपालको चर्चित रियालिटी सो द पोइट आइडलमा सुदुरपश्चिमका नरेश भण्डारी ‘न्याथन रायन’ टप ८ मा पुगेका छन् । नाटकघरमा जस्तो अभिनय अनि मेहफिलमा जस्तो कविताको अनुभव एकैपटक दिन सक्ने क्षमताका धनी रायनको प्रस्तुतिबाट निर्णायक भूमिकामा रहेका निर्णायक(जर्ज) हरु नै चकित परेको देख्न पाईन्छ । प्रस्तुति र शब्दहरुले कार्यक्रममा अतिथीमात्र होइन आम दर्शक पनि साँच्चिकै आनन्दित हुने गर्छन । सुरुसुरुमा तिनै जर्जहरुले प्रस्तुतिको मुल्यांकन गरेर माथि लैजाने भएपनि अहिले आम दर्शकको भोटले नै प्रत्येक प्रतिस्पर्धिहरुको भविष्यको फैसला गर्ने भएकाले उनले देश तथा विदेशबाट भोटिङको अपिल गर्ने गरेका छन् । जर्जहरु पनि उनको अभूतपूर्व क्षमताबाट प्रभावित भएकाले आम दर्शकसंग भोट…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो।  भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।  भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ। नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उनको शपथ ग्रहण भोलि हुँदैछ। पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउने छन्।

Read More

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक  सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजेदेखि सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो । सिरिजको पहिलो खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई पराजित गरेको थियो । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने हुन्छ ।

Read More