धनगढी: बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मेलौली नगरपालिका–८ जमाडीकी २८ वर्षीया सीता विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
बैतडी प्रहरीका अनुसार गत पुस २९ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। डडेल्धुरा अस्पतालबाट केशरपुर स्वास्थ्य चौकी ल्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Facebook Comments Box