धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ। कैलालीको धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्डमा त्यस्तो लेखिएको हो।
ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेको बताइएको छ। यता सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) गणेश चन्दले भने उक्त विषयमा अनुसन्धान भइरहेको बताए। ‘त्यो कसले र कसरी लेख्यो भन्ने विषयमा केही पत्ता लागेको छैन,’ उनले भने, ‘डीएसपी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।’
उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास पनि भइरहेको उनले बताए। कतिपयले भने बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको हुनसक्ने पनि बताएका छन्। यसअघि पनि विभिन्न स्थानमा डिजीटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए।
र, यो पनि: सुदूरपश्चिम प्रहरीको बोर्डमा ‘आई लभ यू चित्रा’ आएपछि…