धनगढी: डोटीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अन्य सात जना घाइते छन्। जिल्लाको बोगटान गाउँपालिकाबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जिप केआइसिंह गाउपालिका– ५ केदारगाउँमा दुर्घटना भएको हो।
जसमा परी बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा बस्ने ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालका अनुसार बोगटान फुड्सिल गाउँपालिका– का १९ वर्षीय धनबहादुर बम, ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि शैलेश्वरी अस्पताल दीपायल लगिएको छ। जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका– १८ फुलवारीका २४ वर्षीय हरिचन्द्र चौधरीलाई नियन्त्रणमा लिएको डीएसपी पालले बताए।