Author: Dipak Dhamala

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले शुक्रबार दिएको एक अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। सभामुख घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गरी ‘पत्रकारहरु बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति युनियनले गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ। तटस्थ, निष्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेसविरुद्धको अभिव्यक्ति अपरिपक्क र अशोभनीय रहेको युनियनले बताएको छ। ‘पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन्। सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप…

Read More

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएपछि पार्किङ गरिएको छ । शनिवार बिहान काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न नसकेको यात्रु मानव अधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाहीले बताए । जहाजमा देखिएको समस्याका बारेमा अहिलेसम्म एयरलाइन्सले केही भनेको छैन ।

Read More

काठमाडौँ । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ  । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रकृति र पर्यावरण  प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ । विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई…

Read More

काठमाण्डाै – राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएपछि सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमवार विश्वासको मत लिने तयारी यसअघि नै गरिसक्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक प्रावधान अनुसार पर्सि विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले पुस १० गते एमालेसहितको सात दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ मा विश्वासको मत लिनुभएको थियो । त्यतिबेला उहाँलाई संसदमा प्रतिनिधित्व गर्ने १२ दलमध्ये १० दलका…

Read More

 काठमाडौं – सुदूरपश्चिम विश्वविद्यालयले हालै प्राध्यापक र कर्मचारी गरी २९ दरबन्दीका लागि विज्ञापन आव्हन ग-यो। सेवा आयोगमार्फत लामो समयपछि खोलिएको विज्ञापनमा अनेक टिकाटिप्पणी हुन थालेका छन्। केही व्यक्तिलाई जागिर खुवाउने नियतका साथ विज्ञापन आव्हन भएको भन्दै गुनासो उठेको छ। ‘कुनै व्यक्तिलाई भित्र्याउन खोजे जस्तो देखिन्छ,’ विश्वविद्यालयका सह प्राध्यापक भुपेन्द्र विष्टले भने, ‘विज्ञापनमा डिभिजन खोलिएको छैन, विशेष आवश्यकता शिक्षाका लागि पनि स्नातकोत्तरमा जुनसुकै विषय भएपनि हुने तर एमफिल वा पिएचडीमा विशेष आवश्यक शिक्षा माग गरिएको छ, यसैले निश्चित व्यक्तिलाई भित्र्याउन खोजेको इण्डिकेट गर्छ।’ विश्वविद्यालयमा कर्मचारी भर्नाका विषयमा विवाद भएको पहिलो पटक होइन्। २०६८ मा स्थापना भएको विश्वविद्यालयम जहिल्यै विवादमा रुमल्लिएको छ।…

Read More

काठमाण्डाै – कोरोना भाइरसका सक्रिय सङ्क्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजाे ६ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा पर्न थालेको बताउनुभयो ।…

Read More

प्रचण्ड नेतृत्वको सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप गृह मन्त्रालयले सहिदको सूची राजपत्रमा प्रकाशित गरेको हो । गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहिदहरुको सूचीयहाँ क्लिक गरेर हेर्नुहोस्

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ। उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले  बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् । उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन्  ।  राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।

Read More

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पुटिनमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्याइएकोसहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको छ । आईसीसीले यो अपराध युक्रेनमा सन् २०२२ को २४ फेब्रुअरीदेखि भएको जनाएको छ । अघिल्लो वर्ष त्यसैबेला रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पुर्जी अर्थहीन भएको बताउनुभएको छ । तर आईसीसीले पुटिनले प्रत्यक्ष रूपमा कार्य गरेको विश्वास गर्ने उचित आधार रहेको दाबी गरेको छ । रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभालाई पनि आईसीसीले खोजी…

Read More

काठमाण्डाै – भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ । चुनावलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ । करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । दुई सय…

Read More