Author: Dipak Dhamala

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ ।  विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपियाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताउनुभयो । गाउँपालिका–२, कार्य समितिको माघ २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । एसईईमा जीपीए ४.० प्राप्त गर्नेलाई एक लाख रुपियाँ, जीपीए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपियाँ र जीपीए ३.२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । सो वडामा…

Read More

अछाम – एकीकृत अखिल नेपाल शिक्षक सँगठन अछामको ७ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रले हरी बहादुर रावलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा हिक्मत थापा, सचिवमा मनिराज महर र कोषाअध्यक्षमा नर बहादुर साउद लगायत २१ सदस्यीय नयाँ जिल्ला कमिटि चयन गरिएको जनाईएको छ । अधिवेशनको बन्दसत्रबाटै संगठनको आर्थिक तथा साँगठनिक प्रतिवेदन पारित गर्नुका साथै प्रदेश तथा केन्द्रिय महाँदिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ । यसअघि जिल्ला अध्यक्ष कुल बहादुर भण्डारीको अध्यक्षतामा भएको सातौं जिल्ला अधिवेशनको उदघाटन समारोहमा संगठनका केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम ईञ्चार्ज चेतना रेग्मी प्रमुख अतिथि…

Read More

डोटी – राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनु पर्ने उल्लेख छ । ‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नु पर्ने आवश्यकता छ ।’ संघीयता धान्न नेपालमा स्रोत साधन नभएको र मुलुक दिन प्रतिदिन विदेशीको ऋणमा पर्ने खतरा भएको ज्ञापन पत्रमा उल्लेख छ । मुलुकमा आर्थिक भार थप्ने गरि प्रदेशको शासकीय स्वरुप राख्नको औचित्य नभएको भन्दै प्रादेशिक तह खारेज गरि प्रदेशलाई…

Read More

काठमाडौं – राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् । ‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’ राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय सांसदहरुलाई शीतल निवासमा बोलाएकी छन्। संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेको भोलिपल्ट दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो दिएकी हुन्। प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। आफ्नो ७ वर्षे कार्यकाल सकेर बिदा हुने क्रममा रहेकी राष्ट्रपति भण्डारीको सांसदहरुसँग विदाइ भेटसमेत रहेको बताइएको छ भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिको चुनाव फागुन २५ गते तोकिएको छ।

Read More

काठमाण्डाै – ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२ औँ स्थापना दिवस मनाउँदैछ । सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो । आयोगको काठमाण्डौको टङ्गालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा मातहतका कार्यालय रहेका छन् । आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ । आयोगले गरेका काम सङ्ख्यात्मक रुपमा चित्तबुझ्दो भए पनि प्रभावकारी अनुसन्धानमा…

Read More

श्रीलंकाले आइसिसी महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।   घरेलु टोली दक्षिण अफ्रिकाले भने प्रतियोगितामा हारबाट सुरुवात गर्‍यो । श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान सुने लुसले सर्वाधिक २८ रन बनाइन् । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन । श्रीलंकाका लागि इनोका रणवीराले तीन, ओशादी रणसिंघे र सुगण्डिका कुमारीले दुई/दुई विकेट लिए । त्यसअघि केप टाउनस्थित…

Read More

कालीकाेट – जिल्ला अस्पताल कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तश्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताउनु भयो । उहाँलाई तत्काल अप्रेसनपछि बच्चालाई आईसीयूमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको अस्पतालले प्रशासनले जनाएको छ । हवाई उद्धारका लागि कर्णाली प्रदेश सभा सदस्य माननीय दुर्ग रावत, प्रमुख…

Read More

काठमाडौँ – विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन  आज समापन हुने भएको छ। हिजो काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुने भएको छ ।  पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् ।  पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको राजनीतिक दस्ताबेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधान माथि आज छलफल हुने मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ । महाधिवेशनमा देशभरबाट…

Read More

काठमाडौँ – गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो । केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै गुलाफको फूल आयात गर्दा रोग–कीरा नभएको पुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गर्ने आयातकर्तालाई मात्रै आयातको अनुमति दिन पत्राचार गरेको हो । केन्द्रका प्रमुख सावित्री बरालले जथाभाबी रूपमा गुलाफको फूल आयात गर्दा हाम्रा बोटबिरुवामा रोग–कीराको जोखिम बढ्न सक्ने हुनाले सचेत गराइएको…

Read More