काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय सांसदहरुलाई शीतल निवासमा बोलाएकी छन्। संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेको भोलिपल्ट दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो दिएकी हुन्।
प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। आफ्नो ७ वर्षे कार्यकाल सकेर बिदा हुने क्रममा रहेकी राष्ट्रपति भण्डारीको सांसदहरुसँग विदाइ भेटसमेत रहेको बताइएको छ भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिको चुनाव फागुन २५ गते तोकिएको छ।
Facebook Comments Box