Author: Dipak Dhamala

काठमाडौं । आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको छ । रंगहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ ।

Read More

काठमाडौँ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । यी तीन जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरिएको हो । यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६(१) अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको…

Read More

तराईका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ । एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ । काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन् । होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ । होली पर्वमा…

Read More

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। साथै  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक र…

Read More

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेता खनालको निवास डल्लुमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको पौडेलेको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिबारेमा छलफल भएको पौडेलको सचिवालयको भनाइ छ । पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन् । पौडेलविरुद्ध नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

Read More

कंचनपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्। हिजो (आइतवार) राति भीमदत्त नगरपालिका- १५ सारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन्। चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाण्डाै – होली पर्वलाई मध्यनजर गरी काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न ६८ ठाउँमा चेक पोइन्ट राख्दैछ । त्यस्तै विभिन्न १९ ठाउँमा माेबाइल भ्यानले नियमित गस्ती समेत गर्ने भएको छ। होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाण्डौ उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा चेक पोइन्ट राख्न लागिएको हो । जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउनेलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै गाडीको प्रयोग गरी रङ्ग, लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागुपदार्थ खाएर गाडी चलाउने, लापरबाहीका साथ गाडी चलाउने लगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडाइ गरी पक्राउ गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो।

Read More

काठमाडौं – मनकामना मन्दिरमा परेवा लैजान रोक लगाइएको छ। देशका विभिन्न ठाउँहरूबाट आउने श्रद्धालु भक्तजनहरूले ल्याएका परेवाहरूलाइ यहाँको वातावरण अनुकुल नहुने र अत्याधिक चिसोको कारण दिनानुदिन सैयौंको संख्यामा परेवाहरू मर्ने गरेकाले यस्तो आग्रह गरिएको हो। मन्दिर व्यवस्थापन त्यसबाट हुनसक्ने दुर्गन्ध, फैलन सक्ने विविध रोग लगाएत अन्य क्षतिहरूलाई समेत मध्यनजर गर्दै हाललाई मनकामनामा परेवा लैजान पुर्णरूपमा निषेध गरिएको जनाएको छ। मनकामना मन्दिर गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ । मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहेका छ । मानिसहरू अहिले पनि यो भगवती…

Read More

कैलाली – कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–२ उजेली सिमरा कोठा गरी बस्ने २१ वर्षीय आषिश चौधरी र घोडाघोडी नगरपालिका–४ का २७ वर्षीय करन रावल पक्राउ परेका छन्। विशेष सुचनाको आधार इलाका प्रहरी कार्यालय हसुलियाको प्रहरी टोली उनीहरुलाई १८ ग्राम ६८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित आइतवार पक्राउ गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More